fbpx

साफ यू–१८ फुटबल : नेपालले फर्कायो गोल

काठमाडौं, ३ असाेज । साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको मादिभ्स विरुद्ध खेलिरहेको नेपालले गोल फर्काएको छ ।  पहिलो हाफ १–० ले पछि रहेको नेपालले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्किएको हो ।

काठमाडौं हलचोकमा जारी खेलमा नेपालकालागि मनिष डाँगीले गोल गरेका हुन् ।

खेलको १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको हो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हसनले नै गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले अफसाईड दिएका थिए ।

Loading...