birat ribon

साफ यू १८ च्याम्पियन्सिप : पहिलो हाफ नेपाल पछाडि

Neuro
साफ यू १८ च्याम्पियन्सिप : पहिलो हाफ नेपाल पछाडि

काठमाडौं, ३ असोज । साफ यू–१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा नेपालले माल्दिभ्स खेलिरहेको छ । डिफेण्डिङ च्याम्पियन नेपालविरुद्ध मालदिभ्स पहिलो हाफमा १–० ले अगाडी बढेको छ ।

खेलको १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको हो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हसनले नै गोल गरेका थिए ।

cura insider

खेलको दोस्रो मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले अफसाईड दिएका थिए । २०औं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरी गर्न चुकेको थियो । पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल पहिलो हाफ १–०ले पछाडि परेको हो ।

jackson ribon