birat ribon

‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Neuro
‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर,३ असोज । दिपकराज गिरी र दीपाश्री निरौलासहितको चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा आधारित चलचित्रको आज ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्टलगायत कलाकारलाई समेटेर देखाइएको छ ।

cura insider

सार्वजनिक गरिएको ट्रेलर निकै कमेडी शैली तथा आफ्नो मायालाई पाउनका लागि गरिएको झगडालाई देखाइएको छ । दीपकराज र केकी तथा जितु र सुपुष्पाको जोडी बादिदै प्रेम भाव प्रष्ट देखाउन खोजिएको छ भने केदारको जोडी देखाइएको छैन् ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘छ माया छपक्कै’मा ४२ र २४ वर्षिय दीपकराज र केकीको प्रेमलाई प्रस्तुत गरिएको छ । कमेडी जनरामामा आधारित रहेर माया र प्रेमको कथा समेटिएको फिल्ममा दीपकराज गिरि, केकी अधिकारी, सुपुष्पा, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल र दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईसँग मिलेर दीपकको चलचित्रका निर्देशक दीपेन्द्र आफैले कथा लेखेका हुन् । फिल्मको पटकथा तथा संवादलाई दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले तयार पारेका हुन् । फिल्म प्रदर्शन हुनु अगावै नै ‘छ माया छपक्कै’ले आफ्नो विदेशी राइट्स सर्वाधिक महँगो मुल्यमा विक्री गरिसकेको छ ।

फिल्मको यो भन्दा अघि रिलिज भएको गीत ‘जुनको जुनेली’लाई दर्शकले निकै मनपराएका छन् । फिल्म असोज २४ गते रिलिज हुने पक्का भएको छ ।

jackson ribon