birat ribon

गर्भावस्थामा महिलाले धुम्रपान गरे बच्चामा पर्छ यस्तो असर

Neuro
गर्भावस्थामा महिलाले धुम्रपान गरे बच्चामा पर्छ यस्तो असर

धुम्रपान मानव स्वास्थ्यका लागि निकै हानिकारक छ । धुम्रपान गर्ने व्यक्तिले फ्याक्ने धुवाँले फोक्सोमा धेरै असर गर्ने गर्छ ।धुँवामा ४ हजार भन्दा बढी रसायन हुने गर्छ जसमध्ये २५० वटा रसायनले मानव शरीरमा बढी हानी पूर्याउछ । यसमध्ये ५० भन्दा बढीले क्यान्सर जस्तो प्राण घातक रोग लगाउने सम्भावना हुन्छ । यसले स्वास फेर्ने नलीलाई ब्लक गरेर स्वासप्रस्वास सम्बन्धि विभिन्न रोगहरु निम्त्याउने गर्छ । साथै धेरै धुँवा भएको ठाउँमा धेरै बेर बसेको खण्डमा मुटुको नलीमा रगत जम्ने समस्या हुन जान्छ ।

हप्तामा १० घण्टा भन्दा बढी समय धूमपानबाट उपन्न हुने धुवाँको सेवन गरेमा वा धुवाँको आसपास बसेको खण्डमा यसले स्ट्रोक तथा विभिन्न हर्ट डिजिजको मात्रा २७ प्रतिशतले बढ्न गइ मानवको मृत्यु समेत हुन सक्छ ।

cura insider

धुम्रपान गर्ने महिला गर्भावस्थामा रहेकी छिन् भने उनको पेटमा हुर्कँदै गरेको बच्चालाई पनि चुरोटको धुवाँको असर त्यतिकै पर्ने हुनाले गर्भवती महिलाले धुम्रपान गर्ने बानी भए तत्कालै छोड्नु आवश्यक हुन्छ । आफुले सेवन गर्ने धुम्रपानले पेटको बच्चालाई कस्तो असर पुग्छ भन्ने जानकारीको अभावमा गर्भवती महिलाहरु धुम्रपानको लतबाट बाहिर निस्कन सकिरहेका हुदैनन् ।

धुम्रपानले गर्भवती महिलाको पेटमा हुर्कँदै गरेको सन्तानमा पर्याप्त मात्रामा अक्सिजन पुग्न नसक्ने भएको कारणले बच्चामा स्वासप्रश्वासको समस्या आउन सक्छ । धुम्रपानले गर्भमा रहेको सन्तानको मुटुको धड्कनमा समस्या पार्छ ।

बच्चाको शारीरिक र मस्तिष्कको विकासमा अवरोध पुर्याउँछ । चुरोटबाट निस्कने धुवाँ फोक्सोमा जम्मा हुदै जान्छ जसकारण समय अगावै सन्तान जन्मन, अंगभंग भएको बच्चा जन्मन सक्छ । बच्चाकोरोग प्रतिरोधी क्षमतामा ह्रास हुन्छ र भविष्यमा गएर फोक्सोको क्यान्सर निम्त्याउन सक्छ ।

गर्भवती भएका महिलाले नियमित यस्तो धुँवाको प्रकोपमा बस्नु परेको खण्डमा कम तौल भएको, सुस्त मनस्थिति भएको, शारीरिक बिक्लान्गता भएको बच्चा जन्माउने गरेको पाइन्छ । यसले गर्भपातको समस्या समेत निम्त्याउन सक्नुका साथै मृत सन्तानको समेत जन्म हुन सक्छ ।

बाल्यकालमा धूमपान गर्ने अभिभावकको बीच हुर्केका बच्चाहरूको फोक्सोमा संक्रमण हुने धेरै खतरा देखिन्छ । अभिभावकहरूले धूमपान गर्दा त्यसबाट बाल्यकालमा प्रभावित भएकाहरुलाइ युवा अवस्थामा त्यसले असर गर्ने भएको पाइन्छ । र, यसले क्रोनिक लङ्ग डिजिज हुने खतरा अध्ययनले देखाइ सकेको छ ।

बच्चाहरुमा यसले प्रेसरको समस्या, दाँतको समस्या, स्वासप्रस्वास सम्बन्धि विभिन्न रोग जस्तै अर्थराइटिस, निमोनिया, अस्थमा तथा दमको समस्या निम्त्याउन सक्छ । यसले नाक, आँखा तथा घाटीमा तत्कालै असर देखाउन सुरु गर्दछ ।

jackson ribon