fbpx

नागरिकको अवस्था बदल्न चुनौती छ – मुख्यमन्त्री पौडेल

हेटौडा, ३ असोज । शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । चौथों संविधान दिवसको अवसरमा हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित समारोहमा उनले जनताको अवस्था बदल्न चुनौती रहेको बताएका हुन् ।

मुलुकमा सङ्घीयताको नयाँ प्रयोग गरी विकासको प्रवाह अघि बढेको भन्दै अधिकारको विकेन्द्रीकरण गरी जनस्तरमा शासन सत्ताको अनुभूति पु¥याइएको बताउँदै उनले भने “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।’

मुख्यमन्त्री पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्दै आर्थिक समानता, समृद्धि र समतामूलक समाज निर्माण गर्ने सङ्कल्पका साथ प्रदेश सरकार अगाडि बढेको बताए ।

संविधान दिवस समारोह मूल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री पौडेलको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलगायत मन्त्री तथा प्रदेशसभा सदस्यहरुको सहभागिता थियो । रासस

Loading...