birat ribon

‘माया पिरिम’ को पोस्टर सार्वजनिक

Neuro
‘माया पिरिम’ को पोस्टर सार्वजनिक

विराटनगर, ३ असोज । फिल्म ‘माया पिरिम’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै मंसिर २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

सार्वजनिक भएका फिल्मका दुई पोस्टरमा मुख्य कलाकारहरु फिचर्ड गरिएको छ । टेक पौरखी राईको निर्देशनमा तयार भएको फिल्ममा उनको आफ्नै अभिनयका साथै कोशिस क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अञ्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, सागर बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

cura insider

निर्देशक राईले युवापुस्ता र अहिलेको जवानको प्रेमलाई लक्षित गरेर ‘माया पिरिम’ निर्माण गरेको बताए । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सविन अधिकारीको संयुक्त निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् ।

jackson ribon