fbpx

देश बनाउन घरबार त्यागेको हुँ प्रधानमन्त्री हुन मात्र होइन ,– प्रम ओली

काठमाण्डौ , ३ असोज । प्रधानमन्त्री केपी ओलीले  देश बनाउनकालागि यूवा उमेरमा घरबार सबै त्याग गरेको बताएका छन् । चैथो संविधान दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले आफुले मृत्यूलाई धेरै पटक नजिकबाट देखेर पनि मुलुक बनाउनैकालागि कहिल्यै हरेस नखाएको बताए । उनले आफु जस्तै धेरै साथीहरु नाफाको जीवन बाँचिरहेको भन्दै प्रधानमन्त्री बन्नकालागि मात्र त्याग नगरेको प्रस्ट पारे । उनले शुभकामना दिदै भनेका छन्  – ‘प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौंला भनेर किमार्थ थिएन ।’

प्रम ओलीले राष्ट्रिय दिवसको अवसरमा प्रतिवद्धता जाहेर  गर्दै मुलुकले काँचुली फेर्ने र जनताका सपनाहरु पुरा गराउने अभियानको आफुले नेतृत्व गर्ने बतनाए । नागरिकहरुलाई ¬धैर्य गर्न आग्रह गर्दै उनले अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्न प्रश्नहरुमाथि एकचोटी पुनर्विचार गर्न आग्रह गरे ।

प्राकृतिक स्रोत, अनुकूल जलवायु ,राजनीतिक स्थिरता र बलियो सरकार मुलुक बन्ने ठोस आधारहरु ह्ुन भन्ने जानकारी गराए । देशमा ३४ वर्ष मुनिको संख्या– ६५.५ प्रतिशत १४ वर्ष मुनीका ३४.८ र १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिय युवासंख्या ३०.५ प्रतिशत रहेको र ६५ वर्ष माथिका पाकानागरिकको जनसंख्या ४ प्रतिशत मात्रै भएको गणतन्त्र पछिको बिकासको दौड यूवाहरुको हातमा जाने तीब्र हुने दाबी गरे । भने , – ‘मलाई गर्व छ ती युवा पंक्तिप्रति जसले विभिन्न इनोभेटिभ उत्पादनबाट, समाजलाई गुन लगाइरहेका छन् तर मलाई दुख पनि छ रचनात्मक सिर्जनामा भन्दाबढी सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी गरेर युवाहरुले समय खेर फालिरहेका छन् ।

प्रम ओलीले आजको आवश्यकता उश्रृङ्खलता र अराजकता नभै सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता भएको बताए । उनले अबको लडाइ लोकतन्त्रप्राप्तिका लागि हैन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्नका लागि हुनुपर्ने बताए । उनले सबै परिवर्तन प्रेमी युवाहरुले काम गर्ने तरिका फर्नैपर्छ भन्दै ओलीले सरकारका कामहरुलाई नतिजामुखी बनाउन कार्यसम्पादन सम्झौता शुरु भैसकेको जानकारी गराए ।

प्रदेशको काम प्रभावकारी बनाउन वरिष्ट सहसचिवहरूलाई प्रदेश सरकारको सचिवका रुपमा खटाइएको कर्मचारी प्रशासनमा व्यपाक सुधाकार नीतिहरु बनाएको जानकारी राए । यसैगरि टाइमलान तोकर राष्ट्रिय गौरवकारूपमा निर्माण थालेको जानकारी गराए । उनका अनुसार रसुवाको टिमुरेमा सुक्खा वन्दरगाह तीस महिनामा काठमाडौ–तराइ÷मधेश द्रूतमार्ग तीन बर्ष भित्रमा र चालु आर्थिक वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछन ।आगामी आर्थिक वर्षको अन्त्य सम्ममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल पनि सञ्चालनमा आइसक्नेछ ।

नवलपरासीको धौवादीमा रहेको फलाम खानी सञ्चालन लिमिटेड स्थापना गरेको सुरुङ्मार्ग, रेलमार्ग, सतह जलमार्ग हुँदै पानी जहाज सपना पूरा गर्ने प्रारम्भिक तयारी पूरा भएको बताउदै देशको अर्थतन्त्रको आकार रु. ५० खर्व पु¥याउने दाबी गरे ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा पक्ष प्रतिपक्ष हुदैन भन्दै अतिवादी सोच र संस्थाहरुलाई पनि मूलधारमा फर्काउन सफल भएको बताए । उनले बाटो भुलिररहेका हरुलाई पनि मूलधारमा आउन ढिला नगर्न आग्रह गरे । अब राजनीतिक आन्दोलनको चरण ब समाप्त भएकोले लोकतन्त्रलाई सुदृढ गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रिया जारी हुने बताए ।

Loading...