fbpx

लियोनल मेस्सीको आफ्नै ब्राण्ड

एजेन्सी, ३ असोज । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले आफ्नै नाममा कपडाको ब्राण्ड स्थापना गरी व्यापार सुरु गरेका छन् । स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाको टोलीको कप्तान रहेका मेस्सीले ‘मेस्सी’ ब्राण्डका कपडाकाे व्यापार सुरु गरेका हुन् ।

मेस्सीले आफ्नै नामकाे ब्राण्डकाे विक्री गर्ने पसल बिहीबारबाट सञ्चालनमा ल्याएका हुन् । बार्सिलोनाको पासेओ डे ग्रासिया खुलेकाे फेसन स्टाेरकाे उद्घाटनकालागि मेस्सीले आफै पुगेका थिए । पसल खुलेपछि उनका समर्थकहरूले स्टोर पुगेर सामान खरिद गर्नकाे भिड बढेकाे स्पाेट्स अनलाइनले जनाएकाे छ ।

Loading...