birat ribon

पूर्व सांसद बैरागीको निधन

Neuro
पूर्व सांसद बैरागीको निधन

विराटनगर, ३ असोज । नेकपा नेता हरि बैरागी दाहालको निधन भएको छ । पूर्वसांसदसमेत रहेका ६२ वर्षीय दाहालको मस्तिष्कघातबाट निधन भएको हो ।

०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित भएका दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा थिए । पछिल्लाे समय विकास अभियन्ताका रूपमा सक्रिय उनी पार्टीको कुनै जिम्मेवारीमा थिएनन् ।

cura insider

दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । दाहालका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

jackson ribon