birat ribon

बालबालिकाको खानामा चिनी हानिकारक

Neuro
बालबालिकाको खानामा चिनी हानिकारक

बालबालिकाकाको शरीर तथा मस्तिष्कको बिकाशको लागि विभिन्न पौष्टिक तत्वहरुको आवश्यकता हुन्छ । आमाको दूधको साटो आजकल धेरै जसोले बच्चाहरुलाई गाईभैसीको अथवा प्याकेटको दुध तथा व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थको सेवन गराइन्छ ।

यसरी बच्चाहरुलाई खुवाइने व्यवसायीक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बजारमा पाइने अनेकौं बच्चाहरुए खाने खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको जनाएको हो ।

cura insider

खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरे पछि डब्लुएचओको प्रतिवेदनमा खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची अलमल पार्ने खालको रहेको उल्लेख गरिएको छ ।

डब्लुएचओले उल्लेख गरे अनुसार विभिन्न देशमा गरिएको परीक्षण मध्ये आधा भन्दा बढीमा ३० प्रतिशत भन्दा बढी क्यालोरी रहेको पाइएको छ ।

तर, अति धेरै गुलियो तथा क्यालोरी भएको पदार्थ व्यवसायीक खाद्य पदार्थहरुमा पाइएकाले यस्ता खाद्य पदार्थहरु बच्चाहरुको लागि एकदम हानिकारक हुने गर्छ ।

अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँत सम्वन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारको रूपमा अनिवार्य लिनुपर्ने प्रतिवेदनमा राखिएको छ ।

राम्रो पौष्टिक तत्वका लागि जोड दिदा स्वास्थ्यको दृष्टिबाट ख्याल राख्नुका साथै बालबालिकाको शरीर तथा मस्तिष्कको विकासका लागि अत्यावश्यक रहेको डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना याकवले बताए ।

डब्लुएचओले आमाको दुधको प्रयोगलाई प्रोत्साहन दिनुका साथै छ महिनादेखि दुई बर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन सुझाव दिएको छ । डब्लुएचओले बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्धेलगाउन समेत आग्रह गरेको छ ।

jackson ribon