fbpx

रुवा पेल्ने मेशिन पड्कदा कामदारको मृत्यु

ताप्लेजुङ, ३ असोज । रुवा बनाउने मेसिन पड्कदा एक जनाको मृत्यु भएको छ । पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको हो ।

बिहीबार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा पुगेका थियो । मेसिनमा कपडा पेल्ने क्रममा मेशिन पड्केर छर्राले लाग्दा मियाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Loading...