शुक्रबार रिलिज : हलमा ‘कबड्डी कबड्डी कबड्डी’ मात्र

विराटनगर,३ असोज । आजबाट देशभर ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले एक्लै रिलिजको मौका हात पार्दै बम्पर ओपनिङको अवसर पाएको हो । कुनै अर्को नेपाली तथा हिन्दी फिल्म प्रदर्शनमा नआएकोले उक्त फिल्मले मल्टिप्लेक्समा उच्च शो पाएको छ ।

फिल्मको ट्रेलर तथा फिल्ममा समावेश भएका गीतहरु सार्वजनिक भए देखि नै दर्शकहरुलाई फिल्म प्रति निकै जिज्ञासा जागेको छ । फिल्म ‘कबड्डी’ को दोस्रो पार्ट जहाँ अन्त्य गरिएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु भएको छ ।

स्वजातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहेको फिल्ममा अभिनेता दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

Loading...