fbpx

तौल घटाउन पनि प्रयाेग हुन्छ घिउ

दुधको छालीबाट निकालिएको नौनीलाई पगालेर वा खारेर बनाने पदार्थलाई घिउ भनिन्छ । आयुर्वेदमा उल्लेख गरिए अनुसार घिउलाई जस्तोसुकै तरिकाले खान सकिन्छ साथै यसलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

भात भुट्दा, तरकारीमा राखेर, दालमा झान्न, रोटी र परौठा बनाउँदा वा यतिकै तातो खानामा राखेर घिउ खाने गरिन्छ । घिउमा पाइने भिटामिन ‘ए’ ले आँखामा भएको नसालाई स्वस्थ बनाएर आँखासम्बन्धी विभिन्न समस्यालाई पनि निको पार्छ ।

नियमित घिउको सेवनले घाम तथा केही सिमित सागसब्जीबाट मात्र पाइने भिटामिन ‘डी’ लाई शरीरमा एब्जर्ब गर्ने वातावरणको सिर्जना गर्छ । यसले शरीरमा भएको रोगसँग लड्ने क्षमताको वृद्धि गरेर हाडजोर्नीको समस्यामा निकै प्रभावकारी हुने गर्छ । हाड तथा जोर्नीमा आवश्यक पर्ने लचकता पनि प्रदान गरेर हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।भातमा घिउ मिसाएर खाने गर्दा घिउले भातमा भएको काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन दिदैन् ।

ग्लुकोजमा परिणत हुन नसकेमा रगतमा अचानक चिनीको मात्रा बढ्न दिदैन र रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै लामो समयसम्म हाम्रो शरीरमा शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

चिनीको मात्रा शरीरमा नियन्त्रण भएमा हामीलाई कोलेस्त्रेरोल, उच्च रक्तचाप तथा मधुमेहको खतराबाट जोगाउने गर्छ । यसमा पाइने भिटामिन ुकेु र क्याल्सियमले हाड जोर्नी तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । घिउको सेवनले मुटुलाई स्वस्थ राख्नुका साथ साथै क्यान्सरको खतरालाई समेत घटाउन मद्दत गर्छ ।

घिउमा चिल्लो धेर हुने भएको कारणले धेरै जसोले मोटाउने डरले घिउको सेवन गर्दैनन् । तर, शरीरलाई केहि मात्रामा चिल्लोको आवश्यकता हुने हुदा घिउ खादा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

शरीरमा चिल्लोको कमि भएर ड्राइ भइरहेको खण्डमा छालामा मोइस्चराइजेसनको काम गरेर छाला सुक्खा हुन नदिइ चाउरी पर्नबाट बचाएर छालालाई स्वास्थ्य राख्छ । छालालाई नरम र चम्किलो बनाउन सहयोग गर्दछ । पछिल्लो समय घिउलाई तौल घटाउनको लागि समेत प्रयोग गर्न थालिएको छ ।

Loading...