fbpx

प्रदेश १ मा संविधान दिवस धुमधाम

विराटनगर ३ असोज । चौथो संबिधान दिवस प्रदेश १ मा धुमधामका साथ मनाइएको छ । प्रदेश १ सरकारको आयोजनामा विराटनगरको शहिद रंगशालामा औपचारिक समारोह आयोजना गरि संबिधान दिवस धुमधाम र हर्षोल्लासका साथ मनाइएको हो ।

समारोहमा नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी, बिद्यालयका सगरमाथा टिन्स र एनसिसी क्लव , नेपाल स्काउटले मार्चपास गरेका थिए । नेपाली सेना , किराँत राई यायोक्खा , वाँतर–सरदार र नेवार समुदायले बिभिन्न भेषभुषामा झाँकी प्रर्दशन गरेका थिए । नेपली सेनाले तेक्वान्दो पनि प्रर्दशन गरेको थियो ।

तीानजनालाई विशेष सम्मान

समारोहमा नेपाली राष्ट्रिय गानका सर्जनक व्याकुल माइला, बिश्व चर्चित म्याराथुन धाविका मीरा राई , चौबिसपटक सगरमाथा आरोण गर्ने पर्वातारोही कामीरिता शेर्पालाई जनही ५ लाख रुपैयाँ प्रदेश सरकारले सम्मान गरेको छ ।

समारोहमा मार्चपासमा र झाँकी प्रस्तुतीमा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको छ । मार्चपास तर्फ प्रथम हुने पोखरिया बालक्लबलाई ३० हजार, दोस्रो हुने सत्यनाराण मावि विराटनगरलाई २० हजार र नेपाल स्काउटलाई १० हजार रुपैयाँ सहित तृतिय पुरस्कार प्रदान गरिएको छ । सैनिक आवासिय बिद्यालय र नेपाल पुलिस स्कुले सानत्वना पुरस्कार पाए ।

झाँकीतर्फ प्रथम हुने किराँत राई यायोक्खा विराटनगरलाई ३० हजार, दोस्रो हुने बातर समाजलाई २० र तेस्रोहुने मुडियारी समाजलाई १० हजार नगद सहित पुरस्कृत गरिएको छ । विराटनगर नेवार समुदाय र राजबंशी समाज उत्थान समितिले सानत्वना पुरस्कार प्राप्त गरे । सात हजार दर्शक क्षमता भएको शहिद रंगशाला हातमा राष्ट्रिय झण्डा बोकेका कर्मचारी , बिद्यार्थी र सर्वसाधारण्हरुले भरिभराउ थियो ।

Loading...