birat ribon

कपाल र नङ काट्दा किन दुख्दैन ?

Neuro
कपाल र नङ काट्दा किन दुख्दैन ?

विराटनगर ३ असोज । मानव शरीर विशेषगरी हड्डी र छाला मिलेर बनेको हुन्छ । हाड र छाला मिलेर बनेको शरीर त्यत्तिकै संम्बेदनशिल हुने गर्छ । शरीरको जुन सुकै भागमा थोरै चोटपटक लाग्दा पनि दुख्ने गर्दछ तर, हाम्रो शरीरमा आजीवन बढिरहने नङ र कपाल त्यस्ता दुई अंगहरू छन् जसलाई जति काटे पनि दुख्दैन ।

हामी फोहोर नजमोस् भनेर नङ काट्छौं । कपालको इस्टाइल तथा राम्रो देख्नका लागि हामी धेरै पटक कपाल काट्ने गर्छौं । तर, कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भागमा थोरै मात्र काटिएता पनि हामीलाई निकै दुख्छ ।

cura insider

शरीरविज्ञानको दृष्टिकोणका आधारमा कपाल र नङमा ज्यान नहुनाले यस्तो भएको मान्ने गरिन्छ । हरेक पटक उम्रिए पनि कपाल र नङ शरीरको मृत कोशिकाहरुबाट बनेका हुन्छन् । मरेको चिजलाई काट्दा दुख्दैन भने जस्तै मरेको कोशीकाले बनेका नङ र कपाललाई काट्दा पनि दुख्दैन ।

कपाल र नङ पूरै मृत कोशिकाबाट बनेको भएपनि छाला संग जोडिएको भाग भने त्यस्तो होइन । कपाल झर्दा वा काट्दा पिडा नभए पनि कपाललाई तान्दा भने पिडा हुने गर्छ । बढेको नङ पनि काट्दा तथा  टोक्दा पीडा हुँदैन । तर, छालासँग टाँसिएको नङ काटेमा, चोट लागेमा वा नङ तल सम्मै भाँचिएमा रगत आउनुका साथै दुख्ने पनि गर्छ ।

पूरै नङ पनि मृत कोशिकाबाट बनेको हुँदैन । बढेका नङ मृत कोशिकाबाट बन्ने भएता पनि छालासँग जोडिएका नङ जीवित कोशिकाबाटै बन्छन् । त्यहि भएर छालासँग टाँसिएका नङमा चोट लाग्दा हामीलाई दुख्छ ।

jackson ribon