birat ribon

संविधान दिवस विविध कार्यक्रम गरि मनाइँदै

Neuro
संविधान दिवस विविध कार्यक्रम गरि मनाइँदै

विराटनगर ३ असोज । संविधान सभाबाट संविधान जारी भएको आज चार वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी, सामनुपातिक संविधान जारी भएको उपलक्ष्यमा आज देशभर विविध कार्यक्रम गरि मनाइँदै छ ।

प्रदेश १ सरकारले पनि आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरेको छ । सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपुर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ । विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरी, त्यसपछि शहीद रंगाशालामा विशेष समारोह, आयोजना गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

cura insider

समारोहमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भणडारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतका सहभागी हुँदैछन् ।

jackson ribon