fbpx

पत्रपत्रिकामा देश संविधान कार्यान्वयनमा बाधा

विराटनगर ३ असोज । तीन तहको निर्वाचनपछि दलहरु पनि मिलेर अघि बढ्न नसकेको जसको कारण संविधान कार्यान्वयनमा बाधा पुगेको नागरिक दैनिकले खबर छापेको छ ।

निर्वाचनमा झण्डै दुई तिहाई समर्थन पाएको नेकपाको दम्भ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पराजयको लघुताभाषले संविधान कार्यान्वयनमा बाधा पुगेको छ । संविधान जारी भएपछि मुलुक राजनीतिक अस्थीरता हट्ने र मुलुक अर्थिक विकास र सम्वृद्धिको दिशामा अघि बढ्ने सोचेको भएपनि पुरा हुन सकेको छैन् । संविधान जारी भएको ४ वर्ष वित्दापनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएपछि निरासा छाएको छ ।

संविधानले खोजेर माननीय बनायो शिर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ । राज्य प्रदेशमा विभाजन गरेपछि कर्णालीका पिछडीएका क्षेत्रका महिलाहरुले पनि माननीय बन्ने अबसर पाएको समाचारमा उल्लेख छ । संविधानमा उल्लेख भएको समावेशी सिद्धान्तको आधारमा उनीहरु प्रदेश सभा सदस्यका रुपमा कर्णाली प्रदेशको माननीय बन्न पाएका छन् । पहिले कुहिरोमा गाईबस्तु चराउने झोवा विक अहिले कांग्रेसको समानुपातिक कोटाबाट सांसद भएकी छिन् । उनले अहिले जनताको दुख सरकारसामु पोख्न पाएको उनले बताइन् । यस्तै कर्णालीको संसद् र सरकारलाई घच्घच्याउने अर्काे आवाजको अमृता शाहीको । उनको भाषणमा रचनात्मक आलोचना र टिप्पणी हुने गरेको छ । विषयको गहन अध्ययन गरेर उनले पार्टीको धारणा राख्छिन् । तिरस्कार सहेर राजनीति गर्दै जाँदा माननीय हुने अवसर पाएको उनको भनाई छ । सुरुवाती दिनमा संसद्मा बोल्न डराउने, आफ्ना भनाई स्पष्ट राख्न नसक्ने सांसदहरु अहिले निडर र स्पष्ट वक्ता भएका छन् ।

संविधनामा चुनौती शिर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ । जनताका प्रतिनिधिले पहिलो पटक बनाएको संविधानमा चुनौती थपिँदै गएको छ । संसद्भित्र र बाहिरबाट संविधानमाथि प्रहार हुने क्रम रोकिएको छैन् । संविधान जारी गर्दा बहिष्कार गर्दै बाहिरिएका मधेसकेन्द्रीत दल संशोधन भएमात्रै स्वीकार गर्ने बताउँदै आएका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको सरकारमै सहभागी दल समाजवादी पार्टीले संविधानको स्वागत गर्न सकेको छैन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संविधानको विरोधमा सकृय छ ।

तीनै तहका सरकारको कृयाकलाप, महँगी, भ्रष्टाचार, करको भारले जनतामा निरासा छाएको छ । यस्तै केन्द्र, प्रदेश र स्थानीय तहबीचको द्वन्द्वले पनि संविधानमाथि कालो बादल निम्त्याउन सहयोग पुगेको जानकारहरुले बताए ।

Loading...