fbpx

पत्रपत्रिकामा प्रदेश : प्रदेश प्रमुखको कार्यक्रममा मन्त्रीहरु डेढ घण्टा ढिला

विराटनगर ३ असोज । संविधान दिवस २०७६ को अबसरमा प्रदेश १ प्रमुख प्रा डा गोविन्द बहादुर तुम्बाहाङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्रीहरु डेढ घण्टा ढिलोगरि कार्यक्रममा पुगेको समाचार आज विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक र न्यू सृष्टि दैनिकमा खबर छ । अन्य अतिथि भने समयमै पुगेका थिए । बिहीबार अपरान्ह तीन बजेको लागि बोलाइएको कार्यक्रममा नआइपुगेका मन्त्रीहरु अन्य कार्यक्रममा सहभागी थिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली औपचारीक कार्यक्रम सम्पन्न भएपछिमात्रै पुगेका थिए ।

चार महिना अघिदेखि सुनसरीको धरानमा फैलिएको डेंगु रोगबारे सचेतना फैलाउन विद्यालयहरुमा कार्यक्रम शुरु गरिएको छ । धरानमा महामारीकै रुपमा फैलिएको डेंगु नियन्त्रण गर्न अन्य उपाय अपनाएपनि सफल नभएपछि विद्यालयमा सचेतना कार्यक्रम शुरु गरिएको हो । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई डेंगु रोगका लक्षण, नियन्त्रणको उपायलागयतका विषयमा जानकारी दिइने छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले डेंगु नियन्त्रणकालागि थुप्रै उपाय अपनाउँदा पनि नभएपछि विद्यालय विद्यालयमा सचेतना कार्यक्रम शुरु गरेको बताए । यसकालागि प्रदेश सरकारले ४ लाख ७० हजार बजेट छुट्याएको समाचार नागरिक पूर्वेलीमा छ ।

वर्षा र भेलले बाटो बगाएर आयात नै गर्न नसकिने भएपछि यो वर्ष दशैँ तथा तिहारमा पूर्वी नाका भएर च्याङ्ग्रा नभित्रने भएको छ । यो खबरपनि नागरिक पूर्वेलीमा छापिएको छ । आयातमा हुने कठिनाइले मुल्य बढी पर्ने हुँदा व्यापारीहरुले आयात गर्न इच्छा राखेका छैनन् । पूर्वी नेपालको उत्तरी सीमानाका टिपतलाबाट ओलाङचुङगोला हुँदै नेपाली बजार आयत हुने च्याङ्ग्रा यो वर्ष नल्याउने निधो गरेको व्यापारीहरुले बताए ।

मुख्यमन्त्रीको सक्रियता ६ लेन सडक निर्माणमा तीब्रता शिर्षकमा जनविद्रोह दैनिकले मुख्य समाचार छापेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आर्थिक वर्षको सुरुवातको गति सकरात्मक देखिएको समाचारमा उल्लेख छ । प्रदेशका प्राथमिकताका आयोजना अघि बढाउने, संघीय सरकारका आयोजनामा भएको कामको अवरोध हटाउने, काममा मुख्यमन्त्री राईको सकृयता देखिएको छ ।

मुख्यमन्त्री राईले विराटनगर धरान ६ लेन सडकको काममा ढिलाई भइरहेको विषयमा चासो लिदै भदौ तेश्रो हप्ता सरोकारवालाहरुलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए । त्यसपछि कामले गति लिएको छ । मुख्यमन्त्री राइले यस अघि सोलु करिडोर प्रशारण लाईनको समस्या हटाउन समेत पहल गरेका थिए । त्यसपछि मुख्यमन्त्री राईले विराटनगरमा उद्योगीले भोग्दै आएको लो भोल्टेज समस्या समाधान गर्न समेत सरोकारवालासँग छलफल गरे ।

Loading...