fbpx

युरोपा लिग : फ्रान्कफर्टको मैदानमा आर्सनलको सहज जित

विराटनगर, ३ असोज । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । बिहीबार राति भएको समूह चरणको खेलमा आर्सनलले फ्रान्कफर्टविरुद्ध ३–० गोलको जित निकालेको हो ।

aa

फ्रान्कफर्टको मैदानमा भएको उक्त खेलमा आर्सनललाई जिताउन जोय विललक, बुकायो साका र पेइर्रे–इमरिक औबामेयाङले समान एक–एक गोल गरे । खेलको ३८औं मिनेटमा विललकले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।

यस्तै खेलको ७९औं मिनेटमा घरेलु टोलीका डोमिनिक कोहर रातो कार्ड खाँदै मैदानबाहिर गएपछि आर्सनलले थप दुई गोल थप्यो । उसका लागि खेलको ८५औं मिनेटमा साकाले गोल गरे भने ८७औं मिनेटमा औबामेयाङले गोल गर्दै टोलीलाई ३–० गोलको जित दिलाए ।

यस जितसँगै आर्सनलले ३ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थान बनाएको छ । यता, पराजित फ्रान्कफर्ट भने पुछारमा छ ।

Loading...