fbpx

युरोपा लिग : युनाइटेडको सुखद सुरुआत

विराटनगर, २ असोज । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको खेलमा युनाइटेडले अस्तानाविरुद्ध १–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

aa

आफ्नै मैदान ओल्ड ट्राफोल्डमा भएको उक्त खेलमा युनाइटेडलाई जिताउन मासून ग्रीनवूडले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको उक्त खेलको ७३औं मिनेटमा गोल गर्दै ग्रीनवूडले युनाइटेडलाई १–० गोलको जित दिलाए ।

यस जितसँगै समूह ‘एल’को युनाइटेडले ३ अंक जोड्दै उक्त समूहको शीर्ष स्थान बनाएको छ । पराजित, अस्तान भने सो समूहको पुछारमा छ ।

Loading...