fbpx

महानगरले व्यापार व्यवसायमा अवरोध गर्न खोज्यो

विराटनगर २ असोज । विराटनगरमा सडक व्यवसाय व्यवस्थापनको लागि विकल्प एन अल्टरनेटिभले सरोकारवालाहरुसँग नीतिगत छलफल गरेको छ ।

सडक व्यवसायका विषयमा अनुसन्धान गरि तयार गरेको नीति पत्रमा सरोकारवाला निकायका पदाधिकारीबीच छलफल गरिएको विकल्पले जनाएको छ । सरकारी तथा गैरसरकारीका क्षेत्रका प्रतिनिधिहरुसँग सुझाव संकलन गर्न कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गरेका थिए । कार्यक्रममा विकल्पका अनुसनधानकर्ता सर्वज्ञराज पाण्डेले नीतिपत्र प्रस्तुत गरेका थिए । विराटनगरका फुटपाथ तथा सडक व्यवसायीहरुसंग सरोकार राख्ने मुद्दा र चुनौतीलाई समेटिएको नीतिपत्रमा उनले सडक पेटी व्यावसाय अनौपचारिक अर्थतन्त्रको प्रमुख हिस्सा रहेको जिकिर गर्दै नीति तथा कानुनको अभावमा उनीहरुको जीविकोपार्जन अफ्ट्यारो पर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रा. डा. अर्जुन बरालले सडक तथा फुटपाथ व्यवसाय संसारको जुनसुकै कुनामा पाइने र अर्थतन्त्रलाइ ठुलो टेवा पुर्याउने व्यवस्था भएकोले यसलाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताए । जसको लागि उनीहरुको प्रकृति र प्रकारलाइ निर्धारण गरि निश्चित व्यावसाय गर्ने ठाउ तोक्ने र गलत कुरालाई नियमन गर्न महानगरपालिकाले गुरु योजना बनाएर अघि बढ्नु पर्ने धारणा उनको छ ।

छलफलको क्रममा प्रा.डा.भेष प्रसाद धमलाले फुटपाथ व्यावसायमा प्राय ग्रामिण क्षेत्रका सर्वसाधारणको जीविकोपार्जनको माध्यम रहेको भन्दै उनले निश्चित कमाएर खाने ठाउँ तोक्न र कानुन बनाएर अगाडी बढ्न जरुरी रहेको बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का गजाधर खतिवडाले विराटनगर लगायत अन्य सहरहरुले फुटपाथ व्यावसाय, सडक व्यवस्थापन तथा अन्य सवालहरुमा काठमाडौंले गरेको गल्तिबाट सिक्नुपर्ने र दुरगामी योजनाका साथ अघि बढ्नु पर्ने बताए ।

सडक व्यवसायी सैफ अलि खानले महानगरको व्यवहार व्यापार व्यावसायलार्इ प्रोत्साहन गर्ने भन्दापनि बाधा अवरोध सिर्जना गरि निरुत्साहित गर्ने किसिमको रहेको गुनासो गरे । सडक पेटीका व्यवसायीहरुको महत्वलाइ बुझेर व्यवस्थित बनाएर गरि खान पाउने अधिकारलार्इ सुनिश्चित गर्न उनको माग छ ।

विराटनगर वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीले सडक तथा फुटपाथ व्यवसायीहरुलाई कारवाही गर्नु अघि उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले व्यवस्थित गर्ने प्रतिवद्धता समेत जनाए । इन्सेक विराटनगरका संयोजक सोमराज थापाले सडकपेटी व्यवसायको बिषय मानब अधिकारको मुद्दा भएको कारण स्थानीय तहले सबै सरोकारवालासंग मिलेर व्यवस्थित गर्नेतर्फ सोच्न जरुरी रहेको बताए ।

विराटनगर महानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख पुनम दाहालले महानगरपालिकाले सडकपेटी व्यवसायलाइ व्यवस्थापन गर्ने कुरामा आइएलओसँग सहकार्यमा छलफल भइरहेको जानकारी दिए । उनले फुटपाथमा पसल गर्नेहरुको सटरसमेत हुने गरेको भन्दै यसरी सडक छेकेर व्यवसाय गर्दा पैदलायात्रुहरुलाई सकस हुने बताए ।

Loading...