fbpx

मध्यपूर्व एसियामा ड्रोनको होड

विराटनगर २ असोज । विश्वमा प्रविधिको विकाससँगै युद्धमा समेत यसको प्रभाव देखिन थालेको छ । मध्यपूर्व एसियामा हुने युद्धहरुमा ड्रोनको प्रयोगले व्यापकता पाएको छ । हमलाकारीले यूएवी (मानवरहित ड्रोन)बाट विपक्षीलाई निसाना बनाउन थालेका छन् ।

युद्धको नयाँ हतियारको रुपमा विकास हुँदै आएको ड्रोन तालिबान सँगको युद्धको बेला सन् २०११ मा अमेरिकाले प्रयोग गरेको थियो । त्यस यता मध्यपूर्व एसियामा विद्रोही समूहले पनि ड्रोनको प्रयोग गर्न थालेका छन् । यो हतियार त्यस बेला अमेरिका र इजरायलसँग मात्रै थियो । तर हतियार बेच्न तम्सिएको चीनले समेत प्रविधिमा आधारित ड्रोन बनाउन थालेपछि विश्वभर बेच्न सुरु गरेपछि अहिले जताततै ड्रोन प्रयोग हुन थालेको छ ।

चीनले विश्वका ६ देशमा हतियार बेच्न थालेको छ । यूएवी प्रविधि अझ परिस्कृत गरि सामान्य ड्रोनलाई लडाकु ड्रोनका रुपमा परिवर्तन गर्न सकिन्छ । यस्तै लडाकु ड्रोन बनाउने मामलामा इरानपनि अगाडी आएको छ । इरानले यमनका हुथी विद्रोहीलाई यस्तो ड्रोन दिएको आरोप लाग्दै आएको छ । लडाकु ड्रोन अमेरिक, रसिया, बेलायत, इजारायल जस्ता उन्नत देशहरुले हतियारका रुपमा विकास गरिरहेका छन् ।

इजरायल र इरानको टकराबले पनि लडाकु ड्रोन मध्यपूर्व एसियाका विद्रोही समूहले प्रयोग गर्न पाइरहेका छन् । ड्रोन बेच्ने मामलामा इजरायल धेरै अगाडी छ । उसले रसियालाईपनि ड्रोन बेचेको थियो । सुराकी गर्ने उदेश्यले तयार पारेको ड्रोन रसियालाई इजरायलले बेचेको थियो । यही ड्रोन सीरियाको सीमामा इजराय छिर्ने कोशिस गर्दा इजरायलले खसालेको थियो । केही समययता साउदी अरबमा लगातार ड्रोन हमला भइरहेको छ । त्यस्तै इजरायलमा सीरियाले पनि ड्रोन हमला गरेको थियो ।

Loading...