birat ribon

सुबिधाजनक निवास नहुँदा प्रदेश प्रमुखको असन्तुष्टी

Neuro
सुबिधाजनक निवास नहुँदा प्रदेश प्रमुखको असन्तुष्टी

विराटनगर २ असोज । आफु बसोवास गर्ने निवासको संरचना सुबिधाजनक नभएको भन्दै १ नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले असन्तुष्टी जनाएका छन् ।

विराटनगरको कोशी प्रोजेक्ट स्थित सुनसरी मोरङ सिंचाई आयोजनाको एक तले पुरानो गेस्ट हाउसमा निवास कायम गरेर बस्दै आएका प्रदेश प्रमुख तुम्वाहाङले चौथो संबिधान दिवसको अवसरमा २ असोजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सुबिधाजनक संरचना नहुँदा पाहुनाहरुलाई असहज भएको भन्दै असन्तुष्टी जनाएका हुन । उनि नियुक्त्त भएदेखी नै सुनसरी मोरङ सिंचाई आयोजनाको गेस्टहाउसमा बस्दै आएका छन् ।

cura insider

प्रदेश प्रमुखले भौतिक संरचना अभावले गर्दा साँधुरो परिसरमा टेन्ट लगाएर संबिधान दिवसको शुभकामना तथा जलपान कार्यक्रम आयोजना गरेका थिए । उनले संबिधान दिवसको अवसरमा शुभकामना मतव्य व्यक्त्त गर्दै भने , – ‘सुबिधाजनक भौतिक संरचना नहुँदा मलाई पनि चित्त बुझिरहेको छैन् अतिथिहरुलाई पर्ने गएको असुबिधाप्रति म अझै लज्जित भएको छु । प्रदेश प्रमुख डा. गोबिन्दबहादुर तुम्वाहाङले तात्कालिन राणा, पञ्चायत, र बहुदलीय शासनले सबै खाले बिभेद अन्त्य गरेर सम्मान गर्न नसकेकैले देशमा जनचाहना अनुसार त्याग बलिदानबाट संघीय गणतन्त्र स्थापना भएको बताए ।

उनले जनता आफैले पहिलो पटक ३ असोज २०७२ का दिन देशलाई नयाँ संबिधान दिन सफल भएकोले सबैले संबिधान दिवस हर्सोल्लासका साथ मनाउनुपर्छ उनले भने । उनले जातजाती, भाषाभाषीहरुको अधिकार संघीय गणतान्त्रिक नेपालको संबिधानले सम्मान गरेर एकता बलियो बनाएको बताउदै गणतन्त्रकालागि आहुती दिने शहीदहरुलाई श्राद्धान्जली पनि व्यक्त्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभाका उपसभामुख सरस्वती पोखरेल, दलका नेता, सचेतक, सांसद , न्यायधीश, सेना र प्रहरी प्रमुखहरु, सरकारका सचिव, योजना आयोगका पदाधिकारीहरु, पत्रकार, कानून व्यवसायी, अधिकारकर्मी लगायतको सहभागीता थियो ।

jackson ribon