birat ribon

सम्बन्ध सुधार्न कोरिया जापान कूटनीतिक वार्ता हुँदै

Neuro
सम्बन्ध सुधार्न कोरिया जापान कूटनीतिक वार्ता हुँदै

सोल २ असोज । जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद समाधानको लागि दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच वार्ता हुने भएको हो ।

दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार वार्तामा दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र जापानी समकक्षी सिगेकी ताकिजाकी सहभागी हुँदै छन् । दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार हुने द्विपक्षीय वार्तामा आपसी हितका विविध विषयमा कुराकानी हुने छ ।

cura insider

यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ । विवादलाई सहज बनाउने प्रयासस्वरुप यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले बताए । गत महिना यस विषयमा विवाद भएपछि पहिलो पटक दुई देशबीचमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

jackson ribon