birat ribon

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

Neuro
चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

विराटनगर, २ असोज । चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने गर्छ । लण्डनमा गरिएको एक अध्ययनका अनुसार चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा अरु मान्छेभन्दा बढी हुने देखिएको हो ।

बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ अध्ययनका अनुसार चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ । यस विषयमा अध्ययन गर्नका लागि उक्त कलेजले १ लाख १२ हजार ३० जनाको सुझाव लिएको थियो । अध्ययनमा सहभागीमध्ये १२ प्रतिशत मानिसले चश्मा लगाउँदा आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको महसूस गर्ने बताएका थिए । साथै अन्य १४ प्रतीशतले एक्लोपन र तनावका कारण आफूहरूले मनोचिकित्सकबाट परामर्श लिइरहेको बताए ।

cura insider

अध्ययनको परिणामका अनुुसार आँखा केही कमजोर भएका मानिसको खानपान तथा सामाजिक जीवनमा पनि सन्तुष्टि नभएको देखीएको छ । बेलायतको युनिर्भसीटी कलेजका प्रोफेसर जंगो राहिले ४० देखि ७४ वर्ष उमेर समूहको मानिसमा गरिएको अध्ययनमा धेरैजसो चश्मा लगाउने मानिसहरूमा ग्लुकोमा र मकुलर जेनेरेशन जस्ता आखाँको समस्या रहेको बताइन् ।

कुनै पनि मानिसले चश्मा लगाउन सुरु गरेपछि आफूले आफ्नो जीवनबाट नियन्त्रण गुमाएको महसूस गर्नुका साथै चश्मा नलगाएको समयको भन्दा फरक महसूस गर्छ जसको परिणामस्वरुप उसले साथीभाइ तथा आफन्तको तुलनामा आफू अस्वस्थ रहेको सोच्दछ र अन्त्यमा उनीहरूमा डिप्रेशनको खतरा बढी मात्रामा हुने प्रोफेस राहिले बताइन् ।

उनले आखाँ केही कमजोर भयो भन्दैमा सुरुवाती चरणमै चश्माको अथवा कुनै पनि प्रकारको लेन्सको प्रयोग नगरी आँखालाई स्वास्थ्य तथा समस्यालाई हटाउन प्रयास गर्नु पर्ने सुझाव दिएकी छन् ।

jackson ribon