fbpx

‘सप्तरङग’को दोस्रो सिजन कार्तिकको तेस्रो साताबाट

विराटनगर, २ असोज । ‘सप्तरङग’ कार्यक्रमको दोश्रो चरण सुरु हुने भएको छ । नोभेम्बरको दोस्रो साता अर्थात् कार्तिक १७ गतेदेखि सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको कार्यक्रमका आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएका छन् ।

गत वर्ष सातै प्रदेशमा सम्पन्न भएको पहिलो सिजनको कार्यक्रममा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको थियो । यस पटकको सिजनमा आयोजकले कार्यक्रमलाई पर्यटन प्रवद्र्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपूत र रवी ओडसँग सम्झौता भइसकेको कार्यक्रम आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिएका हुन् ।

पर्यटन वर्ष २०२० को छेकोमा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राख्दै देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिने आयोजकले बताएका छन् । पहिलो सिजनमा सात प्रदेशबीचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन एकदम प्रभावकारी देखिएको थियो ।

Loading...