birat ribon

एथ्लेटिकोका समर्थकविरुद्ध रोनाल्डोको ‘उस्तै व्यवहार’ (भिडियोसहित)

Neuro
एथ्लेटिकोका समर्थकविरुद्ध रोनाल्डोको ‘उस्तै व्यवहार’ (भिडियोसहित)

एजेन्सी, २ असोज । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अन्तर्राष्ट्रिय मिडियाहरूले स्पेनिस क्लब एथ्लेटिको मड्रिडको ‘शत्रु’ मान्छन् । जब उनी एथ्लेटिकोविरुद्ध मैदानमा उत्रँन्छन्, तब उनीसँग एथ्लेटिकोका समर्थकको ‘सांकेतिक’ भनाभन नै पर्छ ।

अघिल्लो सिजनको च्याम्पियन्स लिगमा पनि उनले एथ्लेटिकोका फ्यानहरूलाई पाँच औंला देखाउँदै आफूले पाँच पटक च्याम्पियन्स लिग जितेको भन्दै सांकेतिक रूपमा बताएका थिए । सन् २०१८–१९ को च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिकोका समर्थकले रोनाल्डोविरुद्ध हो–हल्ला गरिरहेका बेला रोनाल्डोले उक्त व्यवहार देखाएका थिए ।

cura insider

aa

युभेन्टसले पहिलो लेगमा २–० गोलले हार्दा उनीहरूले रोनाल्डो र एथ्लेटिकोका घरेलु समर्थकबीच सांकेतिक भनाभन परेको थियो । तर, हालैको प्रि–सिजनअन्तर्गतको खेलमा त्यो व्यवहार नदेखाएका ३४ वर्षीय रोनाल्डोले पुनः च्याम्पियन्स लिगमा त्यस्तै व्यवहार देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ सिजनको च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा घरेलु टोली एथ्लेटिकोका फ्यानहरूविरुद्ध रोनाल्डोले आफ्ना औंलाहरू देखाउँदै पुनः पुराना व्यवहार प्रदर्शन गरेको गोल डटकममा खबर छ । २–२ गोलको बराबरीमा सकिएको उक्त खेलको बीचतिर रोनाल्डोले हातले संकेत गर्दै उक्त व्यवहार देखाएको खबरमा उल्लेख छ ।

स्पेनस्थित वान्डा मेट्रोपोलिटानमा भएको सो खेलमा रोनाल्डोले उक्त व्यवहार देखाएपछि रिपोर्टरले उनलाई यसबारे सोधेका थिए । तर, रोनाल्डोले रिपोर्टलाई संक्षिप्त उत्तर मात्र दिन भ्याए । उनले रिपोर्टरसँग ‘सिक, तिमी केही सिक’ भन्दै क्यामेराबाट टाढिए ।

खेलमा रोनाल्डो निराश भएका जस्ता देखिन्थे । किनकी, रोनाल्डाको टोली युभेन्टस अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो । युभेन्टसले जितिसकेको उक्त खेलको ९०औं मिनेटमा एथ्लेटिकोले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

त्यसअघि युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । युभेन्टसका लागि जुआन क्वाड्राडो र ब्लाइसे माटुइडीले समान एक–एक गोल गर्दै खेलको ७०औं मिनेटसम्म अग्रता बनाएका थिए । तर, ७०औं मिनेटमा स्टेफन सेभिकले र ९०औं मिनेटमा हेक्टर हेरेर्राले गोल गरेपछि युभेन्टसले अंक बाँडेको थियो ।
यो बराबरीसँगै समूह ‘डी’का टोली युभेन्टस र एथ्लेटिकोले १–१ अंक बनाए । बराबरीसँगै युभेन्टसले दोस्रो स्थान बनाएको छ भने एथ्लेटिको तेस्रो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा रसियन क्लब एफसी लोकोमोटिभ रहेको छ भने चौथो स्थानमा जर्मन क्लब बायर छ ।

jackson ribon