fbpx

फेरि घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

विराटनगर, २ असोज । भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको भाउमा आज फेरि गिरावट आएको छ । आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ । साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो । रासस

Loading...