birat ribon

चुइँगम चपाउँदा घट्छ स्मरण शक्ति, स्मरण शक्ति घटाउने केही कुराहरू यस्ता छन्

Neuro
चुइँगम चपाउँदा घट्छ स्मरण शक्ति, स्मरण शक्ति घटाउने केही कुराहरू यस्ता छन्

विराटनगर, २ असोज । मानिसको उमेर बढेसंगै मानव मस्तिष्कको सोच्ने शक्ति र स्मरण शक्ति पनि बिस्तारै कमजोर बन्दै जान्छ । खानपान र जीवनशैलीमा लापरवाहीका कारण समयअगावै धेरै मानिसहरूको स्मरण शक्ति कमजोर हुँदै आएको छ ।

यसका लागि आफ्नो खानपानमा तथा दैनिक गरिने क्रियाकलापमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । मानिसको जीवनमा दैनिक तनाव उत्पन्न गर्ने कुराहरूबाट पनि स्मरण शक्ति घट्दै गएको हुन्छ । शरीरमा पानीको कमी हुँदा दिमागले राम्ररी काम गर्न सक्दैन र स्मरण शक्ति कमजोर हुँदै जानु स्वाभाविक हुन्छ । मानव शरीर ७० प्रतिशत पानीले बनेको हुन्छ, त्यसैले दैनिक ३ देखि ४ लिटरसम्म पानी पिउनु अति आवश्यक हुने गर्छ ।

cura insider

यस्तै कार्बोहाइड्रेटयुक्त खानेकुराको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मूड परिवर्तन गर्नका साथै स्मरण शक्ति र श्रवण शक्तिमा नकारात्मक असर पुर्याउने हुन्छ । धेरैको चुइङगम चपाउने बानीले पनि श्रवण शक्ति र स्मरण शक्तिमा ह्रास ल्याउने गर्दछ । बढी चिल्लो, नुनिलो, जंक फूड तथा फ्राइ खानेकुराले हृदयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरण शक्तिलाई असर गर्दछ ।

यी खानेकुरा खानाले दिमागलाई कमजोर गरेर स्मरणशक्ति घट्दै जानुका साथै डिप्रेसन र एन्जाईटीसमेत गराउँछ । चिया, कफी, चुरोट, रक्सी तथा सूर्तीजस्ता पदार्थको सेवनले पनि रक्त संचारलाई बाधा पुर्याएर शरीर तथा दिमागमा चाहिने रगतको मात्रा नपुगेपछि दिमाग कमजोर हुँदै गइ स्मरण शक्तिमा कमी आउन सक्छ ।

राम्रोसँग निन्द्रा नपुग्दा पनि दिमागले राम्रोसँग काम गर्न सक्दैन । हामीले निन्द्रा पुग्नेगरी ७ देखि ८ घण्टा सुत्नु पर्छ । निन्द्रा पुगेको खण्डमा दिमागले राम्रोसँग काम गर्न सक्दैन र स्मरण शक्ति गुमाउने गर्छ । नियमित रूपमा ब्यायाम नगर्दा शरीरका साथ–साथै दिमागमा पनि रक्त संचार राम्ररी हुँदैन । नकारात्मक सोचाइ राख्नाले शरीर तथा दिमागमा तनावका हर्मोन पैदा हुन्छ जसले गर्दा दिमाग कमजोर हुँदै गएर स्मरण शक्ति कमजोर हुँदै जान्छ ।

साथै, मोबाइल, ल्यापटप तथा टिभीमा घन्टौ समय बिताउने गर्दा पनि दिमाग धेरै बेरसम्म एकोहोरिने गर्दा दिमाग कमजोर हुनुका साथै आँखामा समेत समस्या आउन थाल्छ । केटाकेटीहरूमा यस्ता कुराले दिमागको विकाशमा अवरोध पुर्याएर नकारात्मक क्रियाकलापमा समेत लग्न सक्ने अध्यनले देखाएका छन् ।

jackson ribon