fbpx

पर्यटक पर्खँदै बसन्तपुरको ‘चो?लुङ’ पार्क (फोटोफिचर)

नेपालको प्रसिद्ध पर्यटकीयस्थल तिनजुरे, मिल्के जलजले (टीएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो । यस क्षेत्र वरपरको गुराँसे पर्यटकले विश्वकै ध्यान आकर्षण गराएको छ ।

फागुनदेखि बैशाखसम्म गुराँस फूलेर राताम्य भएको जंगल हेर्न देश–विदेशका पर्यटकहरूको टीएमजे क्षेत्रमा घुइँचो लाग्ने गर्दछ । बाह्रै महिना जाडो हुनेहुँदा यहाको मौसमको आनन्द लिन मात्र पनि दैनिक हजारौँ पर्यटकहरू घुमफिरका लागि पुग्ने गर्दछन् ।

writter
सवीन घिमिरे

टीएमजे क्षेत्र शैक्षिक भ्रमण र पिकनिकको लागि पनि उत्कृष्ट गन्तव्यस्थल बनेको छ । वसन्तपुर वरपर रहेको आरआर गार्डेन, कैलाश पर्वत, पाथिभरा मन्दिर, भ्यूटावर, सल्लाको जंगल, पटक डाँडा आदि यहाँका पर्यटकीयस्थल हुन् । वसन्तपुरबाट देखिने मकालु हिम शृंखला, कन्चंजंगा हिमाल, ताप्लेजुङ्ग र पाचथरका मनोरम दृश्यले सबैको मन लोभ्याउँछ ।

वसन्तपुरको शोभा बढाउने महत्त्वपूर्ण पर्यटकीयस्थल ‘चो?लुङ’ पार्कलाई त झन् कसैले बिर्सिनै सक्दैन । वसन्तपुर आएर यो पार्कमा नघुमी कोही फर्कँदैनन् । यो पार्क एउटा पर्यटकीय गन्तब्य मात्र नभएर इतिहास, संस्कृति र सभ्यताको अनुसन्धान र अध्ययनको केन्द्र पनि हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘चो?लुङ’ पार्कमा एकैछिन पुग्दा मात्र पनि स्वर्गको अनुभूति प्राप्त गर्न सकिन्छ । यहाँबाट देखिने कञ्चनजङ्गा हिमाल, ताप्लेजुङ, पाचथर र इलामका पर्वतहरूले सबैको मन लोभ्याउँछन् ।

‘चो?लुङ’ पार्क लालिगुराँस नगरपालिकाको वसन्तपुरस्थित अल्गे डाँडामा करिब चालीस रोपनी जग्गामा निर्माण गरिएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा निर्माण गरिएको ‘चो?लुङ’ पार्क लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको रहेको नगरप्रमुख अर्जुनबाबु मावुहाङ्ग बताउँन् । नगरप्रमुख मावुहाङ्गकै पहलमा यो पार्क निर्माण सम्भव भएको हो ।

‘चो?लुङ’ लिम्बू भाषाको शब्द हो । जसको अर्थ प्राप्त गर्ने वा मनकामना पूरा हुने ठाउँ हो । लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उधौली र उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्य सम्पन्न गर्नको लागि चो?लुङ पार्कको महत्त्व अतिविशिष्ट हुन्छ । चो?लुङ पार्कमा लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उधौली र उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्य वर्षभरि नै गरिने गरिन्छ । यसैले यहाँ संस्कारका लागि आवश्यक सामाग्रीहरू यहाँ राखिएका छन् । लिम्बू जातिले प्रकृतिको पूजा गर्ने गर्दछन् । उनीहरू आफ्ना पितृलाई नै देवता मान्दछन् र लिम्बू जातिले ढुङ्गा र माटोको विशेष पूजा–आजा गर्ने गर्दछन् ।

ढुङ्गालाई विशेष देवताको रूपमा पूजा गर्ने पुरानो लिम्बू परम्परा रहेको छ । लिम्बूहरूको धर्मग्रन्थको रूपमा लिइने मुन्धुममा पनि ढुङ्गालाई विशेष महत्त्व दिइएको छ । यसैले चो?लुङ पार्क पूर्ण रूपले ढुङ्गाहरूद्वारा निर्माण गरिएको हो । पार्क निर्माण गर्दा सिमेन्ट, बालुवा, रंग–रोगन केही प्रयोग गरिएको छैन । शुद्धताको हिसाबले चो?लुङ पार्क समय लगाएर ध्यानपूर्वक निर्माण गरिएको नगरपालिका प्रमुख अर्जुनबाबु बताउँछन् । पार्कमा लिम्बू संस्कारमा प्रयोग हुने ढुङ्गा, धनुस–वाण, बन्दुक तथा विभिन्न ऐतिहासिक सामग्रीहरू संग्कलन गरेर राख्ने काम भइरहको छ ।

पार्कभित्र विभिन्न स्थानमा राखिएका ढुङ्गामा लिम्बू जातिको संस्कार झल्काउने संकेतहरू कुदिएका छन् । यहाँ लिम्बू जातिको परम्परागत जाँतो, ढिकी जस्ता ऐतिहासिक सामाग्रीहरू पनि राखिएका छन् । यस पार्कभित्र रहेका विभिन्न स्थानहरूको आफ्नै विशेषता र महत्व छ । ‘थाकथाक खिबोमा’ लिम्बू कुलदेवी यमाले तान बुनेको ठाउँ हो । ‘नियारा यक्चेमा’ युमाले तान बिसाएको ठाउँ हो । त्यस्तै ‘नेन्दुरी पासाङ्गा’ विवाह लगन गर्दा आयु तौलने ढुंगो हो |

aa

यसैगरी ‘का्म्याङलुङ’ देउता मनाउँदाका थान थपना गर्ने स्थल हो । केटाकेटीको खेल्ने ठाउँको रूपमा यहाँ ‘हेम्बङ्गेलुङ’ रहेको छ । यस पार्कभित्र एउटा पोखरी पनि छ, जसलाई ‘चो?लुङ वरक’ (पोखरी) भनिन्छ । लिम्बू मान्यताअनुसार पोखरी भरिँदा, बोटबिरुवा हराभरा रहँदा, पोखरीमा माछा खेल्दा लिम्बूको स्वस्तिशान्ति, समृद्धि र संरक्षण हुन्छ भन्ने विश्वास छ । त्यस्तै यहाँको एउटा स्थानमा ढुङ्गा गाडिएको छ, जसलाई ‘चुम्लुङ’ भनिन्छ । ‘चुम्लुङ’ न्याय निसाफ गरेर साक्षी–प्रमाण स्वरुप गाडिने ढुंगो हो ।

यहाँ रहेको ‘खाजोङलुङमा’ मा नुनतेल तथा शुद्ध्याँइ संस्कार गरिन्छ । चो?लुङ पार्कमा ‘सिङदुम पक्वा’ (सृष्टीकालको रूखको टोड्काको चोखो पानी), लुङदुम पक्वा (सृष्टीकालकै ढुंगाको खोपिल्टाको पानी) तथा इक्नाम्फेको निर्माण कार्य सम्पन्न भइसकेको छ । मुन्धुमअनुसार सिङदुम पक्वा, लिङदुम पक्वा पवित्रता (सेस्सेस् साङसाङ) को प्रतिक हो । मुन्धुमअनुसार पवित्रता पानी (खोला, पोखरी), रूख, ढुंगा र माटो (ढिस्का, पहाड) जस्ता प्रकृतिमा मात्र हुन्छ । किनकी, त्यस्ता प्राकृतिक पवित्रतामा पितृका आत्मा बसेका हुन्छन् भन्ने मान्यता लिम्बू संस्कृतिको छ ।

aa

त्यसैले त्यस्ता ठाउँहरूसँग याक्थुङ्बा लिम्बूको वंशीय सम्बन्ध रहेको मान्यता छ । यहाँ सिङदुम पक्वा, लुङ्दुम पक्वासँगै पोररोक्मि यम्फामि (सृष्टीकर्ता), लाङयोक (पाइताला), चर्घेलुङ (कुखुराको पञ्जा), फाक लाङ्योक (सुंगुरको पाइताला), पिच्छा साम्बोक यान (दुबो), सिमिक्ला पमिक्ला (मालिङ्गो) राखिएका छन् । यसैले यहाँ राखिएका सबै वस्तुहरू प्राकृतिक, विम्वात्मक तथा प्रतिकात्मक छन् । पोरोक्मि यम्फामिले मान्छेको सृष्टि बनाउँदा कुखुराको वृष्टि मालिङ्गोको खरानी, दुबोको शीतको पानी मुछेर मान्छे बनाए । यसकारण ‘चो?लुङ’ पार्क पवित्र रहेको र यहाँ देउताको बास रहेको विश्वास लिम्बू जातिहरूमा छ ।

yy

यस पार्कमा युमा संग्राहलय निर्माणाधीन अवस्थामा छ । संग्राहलयको लगभग सम्पूर्ण कार्य सकेर अहिले खरको छाना लगाउने काम भइरहेको छ । यस संग्राहलयको आफ्नै ऐतिहासिक विशेषता छ । यसैले यो संग्राहलयको बनावट लिम्बू जातिको घरजस्तै तीनधुरे बनाइएको छ । यसका झ्याल, ढोका तथा खम्बा, बिमहरूमा विभिन्न बुट्टाहरू कुदिएका छन् । लिम्बू जातिहरूले प्रयोग गरेका र हाल प्रयोग गरि रहेका विभिन्न सामाग्रीहरूलाई ती बुट्टाहरूमा कुदिएका छन् । संग्राहलयमा खरको छाना लगाइनेछ । भित्ताहरू ढुङ्गाले बनाइएको छ । जसमा माटोकै प्लास्टर गरिनेछ । अनि यस संग्राहलयमा लिम्बू जातिहरूले प्रयोग गरेका परम्परागत, पुरातात्विक र ऐतिहासिक सामाग्रीहरू राखिने छन् ।

 

Loading...