birat ribon

युरोपा लिग : आज एकै दिन हुँदैछन् २४ खेल, को–को भिड्दैछन् ?

Neuro
युरोपा लिग : आज एकै दिन हुँदैछन् २४ खेल, को–को भिड्दैछन् ?

विराटनगर, २ असोज । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगमा आज एकै दिन २४ खेल हुँदैछन् । समूह चरणअन्तर्गत आज ४८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलमा म्यानचेष्टर युनाइटेड, आर्सनल, रोमा, सेभिल्ला, स्पान्योल, रेन्नेस र वुल्भस जस्ता टोली पनि प्रतिस्पर्धामा छन् । युनाइटेडले अस्टानासँग नेपाली समयअनुसार राति १२ः४५ बजे खेल्दैछ । अघिल्लो संस्करणको प्रिमियर लिगको शीर्ष ४ मा पर्न नसकेको युनाइटेडले यस खेल आफ्नै मैदानमा खेल्नेछ ।

cura insider

यस्तै लिगको दाबेदार मानिएको आर्सनलले इन्ट्राक्टसँग खेल्दैछ । यो खेल राति १०ः४० बजेबाट सुरु हुनेछ । इन्ट्राक्टकै मैदानमा हुनेछ । यता, स्पेनिस क्लब सेभिल्लाले राति १०ः४० बाटै सुरु हुने खेलमा क्वाराबाग एफकेसँग खेल्नेछ । यस्तै इटालियन क्लब रोमाले स्तानबुल बासाखसेहिरसँग खेल्नेछ । रोमाकै मैदानमा हुने यस खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

a

jackson ribon