fbpx

‘भूल भुलैया–२’ मा कियारा र कार्तिकको जोडी

विराटनगर, २ असोज । फिल्म ‘भूलभुलैया’ को सिक्वेलमा ‘कवीर सिंह’बाट निकै नाम कमाएकी अभिनेत्री कियारा आडवाणीको इन्ट्री हुने भएको छ । फिल्मको मुख्य अभिनेत्रीको रूपमा कियारालाई फाइनल गरिएको छ, तर अहिलेसम्म यसबारेमा अफिसियल घोषणा भनेको गरिएको छैन ।

अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनको सुपरहिट हरर कमेडीमा आधारित रहेको फिल्म ‘भूल भुलैया’ को सिक्वेलकोमा कियारा र अभिनेता कार्तिक आर्यनको अभिनय रहने भएको छ । फिल्मलाई अनिस बज्मीले निर्देशन गर्ने भएका छन् भने भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।

फिल्मका लागि कार्तिकको अपोजिटमा सारा अली खानलाई कास्ट गरिने चर्चा चलेपनि कियारालाई फाइनल गरिएको छ । फिल्मका निर्माताले अन्य भूमिकालाई फाइनल गरेर चाँडै नै यसबारे घोषणा गर्ने बताए । ‘भूल भुलैया’ निकै मनपराइएको कमेडी–थ्रिलर फिल्ममध्ये एक हो र यो फ्रेन्चाइजीलाई अगाडि लैजानु एउटा ठूलो जिम्मेवारी भएको र फिल्ममा काम गर्नका लागि निकै उत्साहित रहेको कार्तिकले बताएका छन् ।

फिल्म अक्षयबिना पूरा नहुने भएको कारणले फिल्ममा कार्तिकसँग अभिनेता अक्षय कुमारलाई पनि देखिन सक्ने चर्चा चलिरहेको छ तर, यसबारेमा निर्माण टिमले केही पनि जानकारी दिएको छैन । कियारा अहिले अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम’को सुटिङमा ब्यस्त छन् ।

Loading...