fbpx

‘हाजार्ड गलत समयमा रियल मड्रिड आए’

एजेन्सी, २ असोज । म्यानचेष्टर युनाइटेडका पूर्वखेलाडी तथा लिजेन्ड रियो फेर्डिनान्डले बेल्जियनका स्टार इडेन हाजार्ड गलत समयमा रियल मड्रिड आएको बताएका छन् । ‘बीटी स्पोर्ट्स’सँगको कुराकानीमा उनले यसै सिजन रियल आएका हाजार्डमाथि यस्तो टिप्पणी गरेका हुन् ।

हाजार्ड इंग्लिस क्लब चेल्सीबाट यसै सिजन रियल आएका हुन् । रियल मड्रिडको जर्सीमा प्रि–सिजनका खेलसँगै ला लिगामा एउटा तथा च्याम्पियन्स लिगमा एउटा खेल खेलेका छन् । ला लिगाअन्तर्गत उनको डेब्यू खेलमा रियलले जित निकालेपनि च्याम्पियन्स लिगतर्फत भने हार ब्यहोरेको थियो ।

gamne

रियलबाट च्याम्पियन्स लिगमा डेब्यू गर्दा उनको टोलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग हार ब्यहोरेको थियो । बुधबार राति भएको समूह चरणको खेलका रियलले पीएसजीको घरेलु मैदानमा घरेलु टोलीसँग ३–० गोलको हार ब्यहोरेको थियो ।

इंग्लिस लिजेन्ड फेर्डिनान्डले हाजार्डको विषयमा टिप्पणी गर्दै भनेका छन्, ‘हाजार्डले अभ्यास खेलमा केही गरेका छन् । प्रि–सिजनका प्रायः खेलमा भाग लिएका उनी वास्तविक खेलमा भने चुके । उनलाई लिएर म डराइरहेको छु कि, उनी गलत समयमा रियल आए ।’

‘अहिले रियल यस्तो टिम हो, जसले आफ्नो लय समात्न सकिरहेको छैन’, खेल पण्डितसमेत रहेका फेर्डिनान्डले थपे, ‘अहिले उनीहरूसँग अहिले जित्नका लागि उपाय छैन । यो हाजार्डका लागि असर बन्न सक्छ कि उनी लामो समय त्यहाँ रहुुन् ।’

Loading...