fbpx

प्रदेश १ का मुख्य शहरमा सीसी टिभी जडान हुँदै

विराटनगर, २ असोज । प्रदेश १ का मुख्य शहरहरूको सुरक्षा निगरानीका लागि सीसी टिभी जडान गरिने भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख शहरमा सिसी टिभी जडान गर्ने भएको हो ।

राजधानी विराटनगरसहित पहिलो चरणमा ६ जिल्लाको मुख्य शहरहरूमा सीसी क्यामारा जडान गरिनेछन् । जसका लागि सडक सुरक्षा तथा सुशासन कार्यक्रमअन्तर्गत ४ करोड ७४ लाख ८१ हजार १६८ रुपैयाँ बिनियोजन गरेर खर्चको अख्तियारी प्रदेश प्रहरीलाई प्रदेश १ सरकारले प्रदान गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मोरङमा ५८, झापामा ३०, सुनसरीमा ३८, उदयपुरमा २३, धनकुटामा २३ थान र प्रदेश प्रहरी कार्यालय अनि प्रदेश सरकारका मन्त्रालयमा १५ थान सीसी क्यामेरा जडान गरिनेछन् ।

मोरङमा १ सय ५४ सीसी टिभी

बढ्दो सवारी दुर्घटना र जघन्य अपराधहरु नियन्त्रण गर्न मोरङ प्रहरीले पूर्व–पश्चिम लोकमार्ग र उत्तरदक्षिण कोशी राजमार्गसहित विभिन्न ५८ स्थानमा सीसी टिभी क्यामेरा जडान गरेको छ । यस अघि मोरङ प्रहरीले विराटनगर महानगरसहित संवेदनशील स्थानमा ९६ वटा सीटी टिभी जडान गरेर निगरानी गरिरहको थियो ।

राजमार्गमा सीसी टिभी जडान भएपछि अब प्रहरीलाई सवारी दुर्घटनामा कस्को गल्ती थियो भन्नेदेखि जघन्य अपराध कसरी र कोबाट कहिले भएको थियो भन्ने अनुसन्धान गर्न सजिलो हुनेछ ।

मुख्यमन्त्रीले गरे सीसी टिभी सुरक्षा प्रणालीको शुभराम्भ

सीसी टिभी सुरक्षा प्रणालीको शुभराम्भ ३० भदौ बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । उनले सबै प्रकारको अपराध नियन्त्रण गर्न प्रहरीले थप सफल हुने विश्वास लिए । मुख्यमन्त्री राईले प्रदेश १ को प्रहरीलाई नमुना बनाउने योजना बनाएको जानकारी दिए । सीसी टिभी शुभराम्म कार्यक्रमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीलगायतले प्रहरीलाई प्रविधियुक्त बनाएमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरे ।

पूर्व–पश्चिममा २६ कोशी राजमार्गमा ३२ सीसी टिभी

मोरङ प्रहरीले १ नम्बर प्रदेश सरकारको सहयोगमा १ करोड लाख १३ लाख ५८ हजार ५ सय ९ रुपैयाँ खर्च गरेर पूर्व–पश्चिम र कोशी राजमार्ग आसपास ५८ वटा स्थानमा सीसी क्यामेरा जडान गरेको हो । सीसी टिभी क्यामेराको कन्ट्रोल रुम भने विराटनगरस्थित मोरङ, इप्रका पथरी र सीमा क्षेत्रमा रहेको इप्रका रानीको प्रहरी कक्षमा राखिएको छ । प्रदेश सरकारले चालु वर्ष मोरङ प्रहरीलाई १ करोड २० लाख रुपैयाँ सहयोग गरेको थियो । मोरङ जिल्लाअन्तर्गतका मुख्य हाइवेहरूमा ६० किलोमिटर अप्टिकल फाइबर जडान गरी सीसी क्यामरा जडान गरिएको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

मोरङ प्रहरीका अनुसार विराटनगरको हाइवे एरियामा ३२ थान, पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी हुँदै बुढी खोलादेखि भाउन्नेसम्म १३ पथरीदेखि उर्लाबारीसम्म १३ थान सीसी क्यामेरा जडान गरिएका छन् । मोरङमा अब प्रहरीको कन्ट्रोलमा रहेका सीसी टिभी नयाँ जडान भएको ५८ वटासहित जम्मा १ सय ५४ वटा पुगेका छन् ।

Loading...