birat ribon

टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

Neuro
टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

विराटनगर, २ असोज । सिंगापुरमा सेप्टेम्बर २७ देखि आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सिंगापुरमा हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि बिहीबार एक पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएको हो ।

आईसीसीका प्रतिनिधि, नेपाली प्रशिक्षक तथा कप्तानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट १५ सदस्यीय नेपाली टोलीको छनोट गरेका हुन् । उक्त टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लले स्थान बनाएका छैनन् । घरायसी कामका कारण उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ । यता, कप्तानी भने पारसले नै गर्नेछन् ।

cura insider

कप्तान पारस र उपकप्तान दीपेन्द्रबाहेक टोलीमा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनाष बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेलले स्थान बनाएका छन् ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने उक्त सिरिजमा आयोजक सिंगापुर र नेपालबाहेक जिम्बावे पनि छ । नेपालको पहिलो प्रतिद्वन्द्वीका रूपमा जिम्बावे रहेको छ । नेपालले जिम्बावेसँग सेप्टेम्बर २७ मा जिम्बावेसँग र २८ मा आयोजक सिंगापुरसँग खेल्नेछ ।

jackson ribon