birat ribon

संघीय संसदको बजेट अधिवेशन अन्त्य हुँदै

Neuro
संघीय संसदको बजेट अधिवेशन अन्त्य हुँदै

काठमाडौं २ असोज । संघीय संसदको जारी अधिवेशन बिहीबार (आज) अन्त्य हुँदैछ । बजेट अधिवेशन अन्त्यअघि प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो ।

बिहीबार नै राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ । बजेट अधिवेशन गत बैसाख १६ गतेदेखि शुरु भएको थियो ।बिहीबार दिउँसो साढे २ बजे प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्ने बताइएको छ ।

cura insider

बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि केही विधेयकहरु प्रस्तुत गर्ने तयारी छ । प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले संसद् सचिवालयको तर्फबाट अधिवेशन अन्त्यको सबै तयारी पूरा भएको बताए ।

jackson ribon