fbpx

च्याम्पियन्स लिग : बायर्नको सहज जित

विराटनगर, २ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले सहज जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलका बायर्नले क्रिभेना जभेनाविरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

ll

आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा बार्यनलाई जिताउन किंग्स्ले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले समान एक–एक गोल गरे । बायर्नले खेलको ३४औं मिनेटमा कोमानको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

यस्तै खेलको ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यसैगरी मुलरले खेलको इन्जुरी समयमा गोल गरेपछि बुन्डेसलिगा क्लब बायर्नले ३–० गोलको जित निकालेको हो ।

यस जितसँगै समूह ‘बी’मा बायर्न शीर्ष स्थानमा उक्लिएको छ । यस समूहको दोस्रो स्थानमा भने टोटनह्याम हटस्पर छ । बायर्न र टोनह्यामसँग क्रमशः ३ र १ अंक छ । टोनटह्याम गए रातिकै अर्को खेलमा ओलम्पिकससँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

Loading...