birat ribon

च्याम्पियन्स लिग : सिटीको सुखद सुरुआत

Neuro
च्याम्पियन्स लिग : सिटीको सुखद सुरुआत

विराटनगर, २ असोज । इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ । बुधबार राति भएको समूह चरणको खेलका सिटीलेले युक्रेनियन क्लब शक्तर डोनेस्कविरुद्ध ३–० गोलको जित निकाल्दै सुदख सुरुआत गरेको हो ।

game

cura insider

शक्तर डोनेस्ककै घरेलु मैदानमा भएको उक्त खेलमा सिटीलाई जिताउन रियाद महरेज, इल्के गुन्डोगान र ग्राबियल जेससले समान एक–एक गोल गरे । सिटीले खेलको २४औं मिनेटमा महरेजको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

यस्तै खेलको ३८औं मिनेटमा गुन्डोगानले गोल गरेपछि उसले आफ्नो अग्रता दोब्बर बनायो । पहिलो हाफ २–० गोलले अगाडि रहेको सिटीले दोस्रो हाफमा १ गोल थप्यो । उसका लागि खेलको ७६औं मिनेटमा जेससले गोल गर्दै टोलीलाई ३–० गोलको अग्रता दिलाए ।

यस जितसँगै समूह ‘सी’को सिटीले ३ अंक जोड्दै दोस्रो स्थान बनाएको छ । यता, पराजित शक्तर डोनेस्क भने यस समूहको तेस्रौ स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने डाइनामो जाग्रेब छ । सिटीसँग समान ३ अंक भएपनि ऊ गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । उसले गए राति नै भएको खेलमा एटलान्टाविरुद्ध ४–० गोलको जित निकालेको थियो ।

jackson ribon