fbpx

सुरुआती अग्रता जोगाउन नसक्दा एथ्लेटिकोसँग बराबरीमा रोकियो युभेन्टस

विराटनगर, २ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा दाबेदार मानिएका टोलीद्वय इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब एथ्लेटिको मड्रिड बराबरीमा रोकिएका छन् । बुधबार राति भएको समूह चरणको खेलका युभेन्टस र एथ्लेटिको २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको उक्त खेलमा युभेन्टसका लागि जुआन क्वाड्राडो र ब्लाइसे माटुइडीले समान एक–एक गोल गरे भने एथ्लेटिकोका लागि स्टेफन सेभिक र हेक्टर हेरेर्राले समान एक–एक गोल गरे । सुरुआती अग्रता जोगाउन नसक्दा पाहुना टोली युभेन्टसले हार ब्यहोरेको हो ।

पहिलो हाफ गोलरहित बितेको उक्त खेलको ४८औं मिनेटमा युभेन्टसले सुरुआती अग्रता बनायो । उसका लागि क्वाड्रानोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ६५औं मिनेटमा माटुइडीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

तर, खेलको ७०औं मिनेटमा एथ्लेटिकोका स्टेफान सेभिकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरे । यस्तै खेलको ९०औं मिनेटमा हेरेर्राले गोल गरेपछि एथ्लेटिको बराबरीमा फर्कियो । र, दुवै टोलीले बराबरी अंक बाँडे ।

यससँगै समूह ‘डी’का टोली युभेन्टस र एथ्लेटिकोले १–१ अंक बनाएका छन् । बराबरीसँगै युभेन्टसले दोस्रो स्थान बनाएको छ भने एथ्लेटिको तेस्रो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा रसियन क्लब एफसी लोकोमोटिभ रहेको छ । उसले गए राति नै भएको अर्को खेलमा जर्मन क्लब बायरलाई २–१ गोलले हराउँदै शीर्ष स्थान बनाएको हो ।

Loading...