fbpx

ट्रम्पद्वारा रोबर्ट ओ’ब्राएन सुरक्षा सल्लाहकार नियुक्त

अमेरिका १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओ’ब्राएनलाई नियुक्त गरेका छन् । केहीदिन अगाडि सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन् ।

“मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीट गरेका छन् । गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीमुक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरिसकेका छन् । कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।

Loading...