fbpx

दिवा सपना देख्न छाड्नुहोस् – बाँस्कोटा

विराटनगर , १ असोज । लोकतान्त्रिक गणतन्त्र व्यवस्थाप्रति वितृष्ण बढाउँदैमा निरङ्कुशतन्त्र फर्काउन सकिन्छ भन्ने नसोच्न सरकारका प्रवक्त एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् । सरकार प्रतिको असन्तुष्टिलाई संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रयोग भएको बताउँदै उनले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई चुनौती दिएर परिवारतन्त्र फर्काउन सकिन्छ भनेर नसोच्न आग्रह गरेका हुन् ।

इतिहासको कालखण्डबाट सम्पूर्ण रुपले पराजित भएको तन्त्रलाई फर्काउन सकिन्छ भनेर सरकारको कमी कमजोरीमा खेल्न खोजिएको उनले बताए । तानाशाही व्यवस्था फाल्न एकसय ४ वर्ष लड्नु परेको बताउँदै उनले जनताले पराजित गरेको तन्त्रलाई फर्काउन सक्ने सपना नदेख्न आग्रह गरेका हुन् । ‘नागरिक अपेक्षा र राष्ट्रको क्षमता बिचमा केही न केही खाडल र असन्तुलन रहन्छ । यो संसार भर छ ।’ उनले भने ‘ असन्तुष्टी बढ्दा प्राणाली विरुद्ध बोल्नु राम्रो होइन् ।’

दशै भन्दा ठूलो पर्व

संविधान दिवस सबै नेपालीको साझा पर्व भएका बाँस्कोटाले बताएका छन् । दशैं तिहार, उधौली उभौली निश्चित समुदायले मनाउने बताउँदै बास्कोटाले सबै नेपालीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए । प्रेस संगठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भने ‘अहिले दशैं तिहार पनि सबैले मनाउदैनन्, उनले भने ‘ तर यो संविधान दिवस सबैले मनाउनुपर्छ । जहाँ नेपाली जनताको भविष्य र सपनाहरु सुनिस्चित भएका छन् ।’

टेलिभिजन भन्दा युट्युब शक्तिशाली

टेलिभिजन भन्दा शक्तिशाली बनेका युट्युव र फेसबुकलाई दायरमा ल्याउने बाँस्कोटाले बताए । विज्ञापनको गतिविधि सामाजिक सञ्जालमा बढेको बताउँदै उनले विज्ञापनको कारोवार गर्ने सबैलाई कानुनी दायरमा ल्याउने बताए ।

Loading...