fbpx

तिहारमा पूजा र स्वस्तिमाको भिडन्त हुने पक्का

विराटनगर, १ असोज । नेपाली सिने क्षेत्रका दुई चर्चित अभिनेत्री पूजा शर्मा र स्वस्तिमा खड्काको पहिलो पटक बक्सअफिसमा भिडन्त हुने भएका छ । तिहारको अवसर पारेर आउँदो कात्तिक ८ गतेका दिन पूजा र स्वस्तिमा अभिनित दुई फिल्म प्रदर्शनमा आउने भएपछि यी दुईको एकअर्कासँग भिडन्त हुने निश्चित भएको हो ।

पूजाको मुख्य भूमिका रहेको फिल्म ‘पोइ पर्योद काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ एकै मितिमा प्रदर्शनमा आउने भएको छ । ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज कार्यक्रममा स्वस्तिमाले २० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ भन्ने भनाइ उनीमाथि निकै भारी पर्न गएको थियो । पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाको उक्त भनाइले पूजालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै पूजाका फ्यान स्वस्तिमामाथि खनिएका थिए ।

त्यसपछि स्वस्तिमाले राष्ट्रिय अवार्ड पाएपछि उनमा घमण्ड पलाएको भन्दै चर्चाहरु चल्न थाल्यो । पूजाले २० लाख पारिश्रमिक लिएको विषयमा आफू अनविज्ञ रहेको उनको दाबी गर्दै आफूले कसैप्रति लक्षित गरेर उक्त बयान नदिएको भन्दै स्वस्तिमाले स्पष्टिकरण दिँदै आएकी छन् । ‘पोइ पर्योक काले’ का लागि अभिनेत्री पूजा निदेशकको पहिलो रोजाइ भने होइन ।

निर्देशक शिशिर राणाले निश्चल बस्नेत र स्वस्तिमालाई सोचेर फिल्मको कथा तयार पारेका थिए । फिल्म अफर गरेपछि यी दुइले फिल्म गर्ने इच्छा नखाएपछि निर्देशकले पूजा र सौगातको जोडी बाँधेका थिए । यसकारण पनि कात्तिक ८ मा हुने दुई फिल्मको भिडन्तलाई विशेष रुपमा हेरिन थालेको छ ।

फिल्म ‘पोइ पर्योन काले’मा पूजाका साथ सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ । सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्मलाई कमेडी कथावस्तुमा आधारित रहेर निर्माण गरिएको हो ।

हेमराज विसीको निर्देशनमा तयार फिल्म ‘घामड शेरे’मा रियल जोडी निश्चल र स्वस्तिमा श्रीमान्(श्रीमतीको भूमिकामा रहेका छन् । रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक र रोय लगायत कलाकारको अभिनय रहेको छ ।

Loading...