fbpx

यस्तो छ एनसेलको नयाँ ‘मेरो प्लान’ अफर

विराटनगर, १ असोज । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । एनसेलले ल्याएको ‘मेरो प्लान’ अफरले एनसेलका ग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको प्रयोग गर्न पाउनुका साथै डेटा सकिँदा मेन ब्यालेन्सबाट पैसा काटिने समस्याबाट छुटकारा पाउने भएका छन् ।

‘मेरो प्लान’ मार्फत ग्राहकले अब अझ सस्तो दरमा डेटा, भ्वाइस तथा एसएमएस सेवा पाउने भएका छन् । आज अर्थात् असोज १ देखि लागू हुने यो योजनाअन्तर्गत एनसेलले पाँच वटा प्लानहरु ल्याएका हुन् । हरेक प्लानका ग्राहकहरुले मात्र रु ०.६४ मा एनसेल नेटवर्कभित्र एसएमएस पठाउँन सक्नेछन् । प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी ल्याएको पाँच वटा प्लानहरुलाई ग्राहकले उक्त प्लानको समयावधि रहुन्जेल फेरि पनि सस्तो दरमा मोबाइल डेटा सेवा प्रयोग गर्न सक्ने एनसेलले जानकारी दिएको छ ।

यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानको डेटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटी अब आफैं डेटा बन्द हुने भएको छ । यसका साथै लिएको डेटा समयअगाडि नै सकेमा ‘मेरो प्लान’ प्रयोगकर्ताहरुका लागि विषेश रुपमा थप डेटा प्याक अझ सस्तोमा लिन सक्छन् । प्लान १९९ मा ग्राकहले करसहित रु २५४.१० मा १ जिबी डेटा र मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सक्नेछन् ।

साथै प्लानअन्तर्गतको डेटा भोल्युम समय अगाडि सकिएको खण्डमा ग्राहकले करसहित मात्र रु ८९.३८ माथप १ जिबी प्याक सुचारु गर्न सक्नेछन् । प्लान २९९ मा ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । र, प्लानअन्तर्गतको डेटा भोल्युम समय अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै प्लान ४९९मा ग्राहकका लागि रु. ६३७.१७ मा ६ जिबी डेटा भोल्युम र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवा, प्लान ७९९ मा १५ जिबी डेटा र रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस लिन सकिन्छ ।

प्लान ४९९का ग्राहकले थप ३ जिबी डेटाको प्याक रु १९१.५४ मा र प्लान ७९९का ग्राहकले ३८३.०७मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् । धेरै डेटा चाहिनेहरुका लागि प्लान ९९९ मा मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सक्नेछ र समया अगाडि नै डेटा सकेमा फेरि मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् । डेटा भोल्युम र सेवाहरुको प्रयोग गर्ने समय अवधि ३० दिनको हुनेछ र थप डेटा प्याकमा भएका डेटा भोल्युमको समय अवधि भने ७ दिनको मात्र हुनेछ ।

Loading...