fbpx

विराटनगरको शुभ ब्याङ्ग्केट एण्ड रेस्टुरेण्टमा कववेब ब्याण्ड आउने

विराटनगर, १ असोज । विराटनगरस्थित गत श्रावण १५ गतेदेखि सञ्चालनमा आएको शुभ ब्याङ्ग्केट एण्ड रेस्टुरेण्टमा कववेब ब्याण्डको कन्सर्ट आयोजना गरिने भएको छ । दशैँ रक इडिसन नाम दिइएको उक्त कन्सर्टको लागि असोज १० गते कववेब ब्याण्ड विराटनगर आउन लागेको हो ।

यस कन्सर्टमा डिजे स्यामीको पनि प्रस्तुति हेर्न पाइने आयोजकले जनाएको छ । लगभग ७ कट्ठा जमिनमा सञ्चालनमा ल्याइएको शुभ ब्याङ्ग्केट एण्ड रेस्टुरेण्ट यस्ता प्रकारका कन्सर्ट तथा आउटडोर कार्यक्रमहरू आयोजनाको लागि एक उत्कृष्ट गन्तव्य बनेको छ । प्रशस्त पार्किङ्ग स्थान तथा ठूलो खाली ठाउँ रहेको कारण यहा यस्ता कार्यक्रमहरू गर्न सहज र सुरक्षित रहेको सञ्चालक सञ्जय गुप्ताले बताए ।

Loading...