fbpx

हुवावेले ७ वटा क्यामेरा भएको स्मार्टफोन ल्याउँदै

विराटनगर, १ असोज । हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन सेप्टेम्बर १९ अर्थात् भोलि सार्वजनिक गर्ने भएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले जर्मनीको म्युनिखमा विशेष कार्यक्रमको आयोजना गर्दै हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लन्च गर्ने तयारी पूरा गरिसकेको छ ।

aa

हुवावेले यस पटक हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट गरी तीन प्रकारका स्मार्टफोन लन्च गर्न लागेका हुन् । मेट ३० सिरिजका स्मार्टफोनका विषयमा धेरै तथ्यहरू बाहिर आइसकेका छन् । फोटोग्राफीमा लागेका तथा फोटो खिच्न रुचाउने ग्राहकका लागि मेट ३० सिरिज बेस्ट हुने भएको छ । हुवावेको मेट ३० सिरिजको महत्त्वपूर्ण तथा खास विशेषता चाहिँ उक्त फोनको क्यामरा हुने भएको छ । मेट ३० सिरिजका स्मार्टफोनहरूमा ७ वटा क्यामेरा हुनेछन् ।

मेट ३० स्मार्टफोनमा ७ ओटा क्यामेरामध्ये ४ वटा क्यामेरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि मात्र ३ वटा क्यामरा स्क्रिनतर्फको भागमा राखिने छ । फोनको मुख्य क्यामेरा ४० मेगापिक्सेलको हुने बताइएको छ भने उक्त फोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामेरा रहने छ ।

hg

हुवावे मेट ३० सिरिजको फोनमा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनुका साथै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहने छ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ । मेट ३० सिरिजका स्मार्टफोन वाटरफल स्क्रिन डिजाइनमा उपलब्ध हुनेछन् । साथै, फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ ।

Loading...