fbpx

अवार्ड तथा सम्मानपत्र जलेपनि दर्शकको माया नजलोस् : राजेशपायल राई

विराटनगर, १ असोज । गायक राजेशपायल राईले पाएका अधिकांश सम्मानपत्र तथा अवार्डहरू आगलागीबाट नष्ट भएका छन् । राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरू राखिएको कोठामा बिजुली सर्ट भएर आगो लागेको थियो ।

सांगीतिक टुरका लागि विदेश गएको बेलामा तथा घरमा केही मानिसहरू मात्र भएको अवस्थामा आगो लागेको थियो । बिजुली सर्ट भएर आगो लागेपछि छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो ।

आगो लागेपछि राजेशले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सबैभन्दा ठूलो समय नै भएको र गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदो रहेछ, उनैले दिए, उनैले लगे, उनैले फेरि दिनेछन् तर यसपटक गल्ती नगरिकन । यो परिस्थितिमा छिमेकीहरूले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

आगलागी भएर आफूले पाएका अवार्ड तथा सम्मानपत्र जलेपछि दर्शक तथा स्रोताले दिएको आशिरवाद, माया तथा सुझाव भने नजलोस् कामना पनि गरेका छन् । ३० भदौ सोमबार दिउँसो ३ बजे उनको शान्तिनगरस्थित घरमा आगलागी भएको हो ।

Loading...