fbpx

यस्तो हुन्छ असोज महिनामा जन्मिने व्यक्तिहरूको स्वभाव

विराटनगर, १ असोज । ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन महिना, कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् ।

वर्षमा १२ महिना हुने गर्छ । त्यसका अनुसार हरेक मानिसहरूको आफ्नो फरक जन्म महिना रहेको हुन्छ । र, त्यही जन्म महिनाअनुसार व्यक्तिहरूको फरक–फरक विशेषता रहेको हुने गर्छ । हिन्दू क्यालेन्डरमा महिनाको नाम नक्षत्रहरूको आधारमा राखिएको छ । यो महिना जन्मेको मानिस यस्तो हुन्छ भनेर त कसैलाई पनि थाहा हुँदैन तर, विभिन्न ज्योतिषहरूले बताएअनुसार उनीहरूका केही कुराहरू भने मिल्ने गरेको पाइन्छ ।

असोजमा जन्मेका व्यक्तिहरू निकै सुन्दर र धनी हुन्छन् । उनीहरूले आफ्नो सुन्दरता तथा आफ्नो बोलीले जो कोहीलाई पनि आकर्षित गर्न सक्छन् । यस्ता व्यक्तिहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हुन्छन् र एकदम खर्चालु पनि हुन्छन् । उनीहरू एकदम मिलनसार, जहिले सत्य बोल्ने, अनि हरेक कुरामा नयाँ पन खोज्ने स्वभावका हुने गर्छन् । यो महिनामा जन्मिने व्यक्तिहरूको मन अत्यन्त पवित्र हुने हुँदा सानो–सानो कुरामा पनि यिनीहरू धेरै चिन्ता लिने गर्छन् ।

उनीहरू धेरै बुद्धिमान, गुणवान हुने हुँदा उनीहरूसंग हरेक समस्याको समाधान हुनुका साथै यिनीहरूले समस्या परेको बेलामा दिएको सुझाव निकै काम लाग्ने हुने गर्छ । यो महिनामा जन्मने व्यक्तिहरू एकदम रोमान्टिक र प्रेम गर्ने खालका हुने गर्छन् । यिनीहरू धेरैजसो किताब पढ्ने, मीठो–मीठो खाने तथा घुम्नका सौखिन हुन्छन् । यिनीहरू एकदम अल्छी स्वभावका हुने गर्छन् । यिनीहरू एकदम समय र आफ्नो मूड राम्रो भएमा मात्र काम गर्ने हुँदा समस्यामा पर्न सक्छन् ।

त्यही भएर पनि यिनीहरूलाई अरुको अन्डरमा काम गर्न मन हुँदैन र आफ्नै बिजनेस सुरु गर्ने गर्छन् । यस्ता व्यक्तिहरूले झुट साहना नसक्ने हुँदा यिनीहरूलाई छिट्टै रिस उठ्ने गर्छ । उनीहरूको लागि परिवार नै सबैभन्दा प्यारो हुने गर्छ ।

Loading...