fbpx

फलामका औजार बनाउने शम्भु विश्वकर्माको जीवन सधैँ अभावमा (भिडियाेसहित)

यज्ञ अधिकारी

रंगेली, १ असोज । वर्षौैदेखि फलामका औजार बनाउने शम्भु विश्वकर्माको जीवन सधैँ अभावमै बित्दै आएको छ । हपहपी गर्मी र कठ्यांग्रिदो चिसोमा वर्षौैदेखि आरन चलाउँदै आएका उनलाई सधैँ परिवारको गर्जो टार्न धौ–धौ हुन्छ ।

विराटनगर महानगरपालिका– १ माउनी बिहान ६ देखि साँझ ६ बजेसम्म उनी सपरिवार आरनमा घोटिरहेका हुन्छन् । भाडाको छाप्रोमा आरन चलाउँदै आएका उनी रात गुजारन बुढीगंगा गाउँपालिका १ मा जसोतसो बनाएको आफ्नो छाप्रोमा पुग्छन् । ‘दिनभरि आरन रुँग्दा पनि अझै उनलाई बिहान बेलुकाको छाक टार्न मुस्किल पर्छ ।’

भोजपुरको तत्कालीन गोगने गाविसमा जन्मेका शम्भु २०४८ सालमा तराइ झरे । २०५८ सालदेखि विराटनगरको घिनाघाट क्षेत्रमा आरन चलाएर जीवन चलाउँदै आएका छन् । तर, गरिखाने आरन चलाउनकै लागि उनले ३ ठाउँ सर्न परिसकेको छ । शहर विकास हुँदै गएपछि उनको बस्ने ठाउँ पनि हराउँदै जान्छ । आसपासमा उनको आरनको छाप्रे दोकान राख्ने ठाउँ पनि सकिँदै गएको छ । ठोक्दै गरेको घन बिसाएर खुईय्या गर्दै शम्भु भन्छन्, ‘तीन ठाउँ सरिसके अब सर्नु पर्यो भने कहाँ जानुपर्ने हो थाहा छैन ।’

१५ सय नहुँदा आरनको मेसिन ल्याउन सकेनन्

ग्राहकको चाहनाअनुसार फलामका टुक्रालाई सुन्दर आकृति ढाल्ने काम गर्छन् शम्भु । तर, उनको मेहनतले फलामले सुन्दर आकृति ग्रहण गरे जसरी उनको १० जनाको परिवार जीवनयापन कहिल्यै हुन सकेन । ‘आरनको काम सुरु गर्दा १६ वर्षको थिए, अहिले ५० वर्षको भए,’ उनले भने, ‘खै के कमाएँ भन्नु ९ महिनाअगाडि बाउ मर्दा चन्दा मागेर किरिया गर्नुपर्यो फलाम ठोक्दा ठोक्दा खिइसकेको बृद्ध उमेरका शम्भु दुःख सुनाउँछन् ।’ बुढ्यौली उमेरमा तातो फलाममा घन ठोक्दै उनी भन्छन्, ‘हजुर अभावले गर्दा चार महिनाआगाडि आरनको मेसिन बनाउन दिएको १५ सय नहुँदा ल्याउन सकेको छुइँन ।’

३४ वर्षदेखि कडा फलामसँग खेल्दै आएका शम्भुको जीवनको आर्थिक पाटो फलामजस्तै दह्रो पनि हुन सकेको छैन । उनले जति धेरे फलाम ठोक्दै गए उतिउति उनको ज्यान पनि रोगी बन्दै गइरहेको छ ।

फलामका औजार खोज्नेको माग पूरा गरे पनि आफ्नो परिवाको माग पूरा गर्न नसकेको शम्भुको गुनासो छ । उनले चाहेअनुसार नत छोराछोरी पढाउन सकेन नत आफ्नो आर्थिक अवस्था नै सुर्धान सके । फलाम कुटेर सुन्दर आकृति प्रदान गर्न सक्ने शम्भुले आफ्नो भाग्य सुन्दर बनाउन नसक्दाको पीडा उनको अनुहारमा झल्किन्छ ।’

रेडिमेड सामानले आरनको उत्पादन मारमा

शम्भुले आरनमा गालेर फलामबाट बनाउने विभिन्न औजार आजकाल बजारमा बग्रल्ति पाइन्छ । विदेशबाट आएका ठूला उद्योगका उत्पादनले गर्दा उनकोमा अडर गरेर फलामका औचार बनाउन आउने ग्राहको संख्या पनि घटेको छ । ‘हामीले बनाउने सबै सामान फ्याक्ट्रीले बनाउनथालेको छ ।’ उनले भने ‘ हामीले बनाको भन्दा सस्तोमा पाएपछि किनआउथे यहाँ ।’ फ्याक्ट्रीमा धेरै परिमाणमा सामान उत्पादन हुँदा सस्तो पर्ने गर्छ । उनले आरनमा सामान निर्माण गर्दा बजारको भन्दा केही महँगो पर्ने हुन्छ ।

यसले पनि आजकल मानिस उनकोमा नयाँ सामान बनाउने अर्डर गर्ने कमहुने गरेका छन् । पुराना सामानमा धार लगाउने । खुकुरीमा बीँड लगाउने लगायत कमाउने गरेको उनी बताउँछन् । केही वर्ष अघिसम्म गाउँ–गाउँ तावा, खुकरी, दाउलगायतका औजार बेच्न डुल्ने गरे पनि आजकल त्यसरी गए पनि बिक्न छाड्को श्रमजिवी शम्भु बताउँछन् । उनी आफूले उत्पादन गरेको सामग्री बिक्री गर्न गाउँसम्म पुग्ने गर्छन । शम्भु आरनमा उत्पादन भएका सामग्रीहरूको खरिद बिक्रीमा सरकारले नीति बनाएमा प्रोत्सान हुने बताउँछन् ।

कोइला र लगानी अभावले साना औजारमै सीमित

भोजपुरे खुकुरी नेपाल मात्र होइन विदेशमा पनि चर्चित छ । शम्भु पनि भोजपुरकै हुन् । शम्भुका अनुसार त्यस्तो खुकुरी बनाउन कठिन हुन्छ । उनका अनुसार आजकल भोजपुरे खुकुरी बनाउन आश्यक कोइला र पाइनै पुग्दैन । आरनका लागि चाहिने कोइलाको चरम अभाव छ ।

परिवार बढे सम्पत्ति बढेन

शीरमा ढाका टोपी, टिशर्टमाथि स्टकोट, मैलो कट्टु लगाएका उनका हात–खुट्टा र अनुहार पनि सधैँ कालै हुन्छन् । खुटाका पैतालाहरू पटपटी फुटेका छन् । आरनमा बलेको आगोबाट उडेको खरानीले उनको सबै शरीर नै कालो बनाइसकेको छ । कालो खरानीले शरीर ढाकेजस्तै आर्थिक अभावले उनको जीवननै कालो भइसकेको छ । तर, पनि शभ्भु आफ्ना पीडा लुकाएर आउने ग्राहकलाई हाँसेर मुस्कानसहित सेवा दिइरहन्छन् ।

शम्भु होस् सम्हालेदेखि नै फलामसँग खेले । कठोर श्रम गरे । तर, उनले सम्पत्ति कमाउन सकेनन् । कमाएको जोगाउँला र सम्पत्ति बनाउँला भन्ने आशमा निरन्तर फलाम पिटिरहेका शम्भुले १० जनाको सन्तानको हात–मुख चाँहि जोड्न भ्याएका छन् । उनका दुई छोरा, दुई छोरी, दुई बुहारी र ३ नातिनातिना छन् ।

उनकी पत्नीले आरनमा बालेको कोइलाले मात्र सबैको पेटको आगो निभाउन सक्दैन । यसैले लाउँलाउँ र खाउँखाउ उमेरका उनीहरूका छोराछोरीहरू पनि मजदूरी गर्न बाध्य छन् । कान्छी १५ वर्षीया छोरी पनि धनीका घरमा भाडा माझ्ने काम गर्छिन् । छोराहरू जन मजदूरीको काम गर्ने गर्छन् ।

तस्बिरहरू : सुरेन्द्र मल्ल

अभावमा गुज्रिएकाे शम्भुकाे जीवन

‘आरनको काम सुरु गर्दा शम्भु मात्र १६ वर्षको थिए, आरन चलाउन सुरु गरेको ३४ वर्ष भयो । पैसा कमाएको छैन् भन्दा जसो तसो जीवन चलेकै छ । तर ९ महिनाअगाडि बुबाले देह त्याग गर्दा चन्दा मागेर किरिया गर्नुपर्याे । बुढ्यौली उमेरमा तातो फलाममा घन ठाेकिरहने शम्भुले चार महिनाआगाडि आरनको मेसिन बनाउन दिए । तर १५ सय नहुँदा उकासेर ल्याउन सकेका छैनन् । तर पनि जसाे तसाे जीवन चलाउँदैछन् ।पुरा समाचार https://www.koshionline.com/2019/09/18/158676.html

Posted by Koshi Online on Wednesday, September 18, 2019

Loading...