fbpx

अरुण दुर्घटना अपडेट : बेपत्ताको खोजी गर्न गोताखोर पर्खदै प्रहरी

विराटनगर, १ असोज । अरुण नदीमा यात्रु सहित बेपत्ता बनेकाे जीपको खोजी गर्न गोताखोरको टोली मगाइएको छ । निरन्तरको वर्षाका प्रहरी टोलीले खोज्न नसकेपछि सशत्र प्रहरीको गोताखोर टोली मगाइएको हो ।

संखुवासभाबाट बिरामी लिएर धरान आउँदै गरेको जीप मंगलबार राति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासाभाका प्रहरी निरिक्षक सन्तोषकुमार राईका अनुसार घटना स्थल आसपास स्थानीय र प्रहरी पुगेपनि मौसम र बाढीका कारण खोजी गर्न सक्ने अवस्था छैन् । ‘ कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको देखिन्छ ।’ घटना स्थलमा रहेका राईले भने ‘ बेपत्ताको खोजी गर्न गोताखोरको टोली मगाएका छौं ।’

मंगलबार राति अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको बोलेर जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट करिब डेढ सय मिटर अरुण नदीको दहमा खसेको थियो ।

Loading...