fbpx

अरुण नदीमा विरामी बोकेको जीप खस्यो, ६ जना बेपत्ता

विराटनगर । संखुवासभाबाट बिरामी लिएर धरान अउँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । सदरमुकाम खाँदबारीबाट बिरामी लिएर आउँदै गरेको जीप अरुण नदीमा खस्दा बेपत्ता हुनेहरुमा एकै परिवारका ३ जना छन् ।

मंगलबार राती अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको बोलेर जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको हो । संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरालाई लिएर आउदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित उनी पनि बेपत्ता भएका हुन् । जीप चालक र अन्य २ जना बेपत्ता भएको आशंका गरिएपनि जीपमा कति यात्रु थिए भन्ने विषयमा अझै अन्यौल नै रहेको छ ।

अहिले घटनास्थलमा संखुवासभाका डिएसपी निमबहादुर लामा सहितको टोली पुगेको छ । राती देखिनै खाँदबारीबाट पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको भएपनि केही पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । वर्षातको कारण अरुण खोलामा बाढी आएकोले जीप पुरै डुबेको र उद्धारमा समस्या भएको प्रहरी जनाएको छ ।

Loading...